मधुप्रकाश ज्ञवाली
राजकुमार सिद्धार्थका रुपमा भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमा आजभन्दा करिब २,६२६ वर्ष पूर्व भएको हो । शान्तिको मार्ग खोज्न एकदिन राजसी ऐस आराम, प्यारी पत्नी यशोधरा र पुत्र राहुललाई त्याग गरी अज्ञानता र दुःखबाट मुक्तिको मार्ग खोज्न घरबाट निस्कनुभयो । शान्तिको खोजीमा विभिन्न विद्धानहरुसँग भेट्दै ६ वर्षसम्म कठोर तपस्या गर्नु भयो । अन्तमा बेधीवृक्षमुनी ध्यानरत हँुदा उहाँले सम्यक सम्बोधि ज्ञान प्राप्त गर्नुभयो र बुद्धको रुपमा उदय हुनुभयो । तत्पश्चात् आपैmले पत्ता लगाएको अमृतमय बुद्ध धर्मको सन्देश ४५ वर्षसम्म आपूmले स्थापना गर्नुभएको संघका भिक्षुहरुमा तथा गृहस्थहरुमा पैmलाउँदै ८० वर्षको उमेरमा महापरिनिर्वाण हुनुभयो ।
प्राणी मात्रको हित र सुखको लागि भगवान बुद्धले धर्मचक्र प्रवर्तन गर्नुभएदेखि परिनिर्वाणको समयमा मल्लहरुको सालवनमा भिक्षु आनन्द एवं अन्य भिक्षुहरु तथा सुभद्र परिव्राजकहरुलाई दिनुभएको अन्तिम धर्मोपदेशसम्म ४५ वर्ष निरन्तर अभिव्यक्त गर्नुभएका कल्याणकारी मूल र प्रामाणिक बुद्ध वचन त्रिपिटक ग्रन्थमा सुरक्षित गरिएको छ । बुद्ध वचन सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक गरी ३ भागमा विभक्त गरिएको भएर नै त्रिपिटक भनिएको हो । ‘त्रि’ भनेको तिन र ‘पिटक’ भनेको धर्म साहित्यको डालो हो । बुद्धशासनमा परियत्ति, प्रतिपत्ति र प्रतिवेध ३ भागमा विभाजित शासनमध्ये ‘त्रिपिटक’ परियत्ति शासन हो । परियत्ति भनेको बुद्ध वचन त्रिपिटकको अध्ययन अध्यापन गर्नुपर्ने सैद्धान्तिक पक्ष हो । प्रतिपत्ति भनेको व्यवहारीक प्रयोगात्मक पक्ष हो । प्रतिवेध भनेको बुद्ध धर्मको अभ्यासबाट प्राप्त हुने मार्गफल र निर्वाण हो । परियत्ति शासन भएन भने प्रतिपत्ति शासन हँुदैन । त्यस्तै प्रतिपत्ति शासन भएन भने प्रतिवेध शासन हँुदैन ।
बुद्धको महापरिनिर्वाणपछि बुद्धोपदेश लोप नहोस् भनेर मगध सम्राट अज्ञातशत्रुको संरक्षणमा आयुष्मान महाकाश्यप महास्थाविरको नेतृत्वमा पहिलो संगायना भयो ।त्यसको १०० वर्षपछि राजा कालाशोकको संरक्षणमा आयुष्मान रेवत महास्थाविरको नेतृत्वमा विनय–नियम शुद्ध र स्वच्छ रुपले कायम गरिराख्ने विशेष उद्देश्यराखी दोश्रो संगायना भयो ।
सम्राट अशोकको पालामा बुद्ध धर्मको चारैतिर प्रचार–प्रसार भयो । धर्मको संगायनालाई फेरी चिरस्थायीको कामना गरी श्रीलंकाका राजा बट्टगामिनीले बुद्धोपदेश त्रिपिटकलाई ताडपत्रमा लिपिवद्ध गराउनुभयो ।
गौतम बुद्ध जन्मनु भएको लुम्बिनी त्यस्तै नै उहाँको जीवनसँग सम्बन्ध भएको कपिवस्तु , देवदह भएको देशमा बुद्धको अध्ययन–अध्यापन समय–समयमा भईराखेको इतिहासबाट प्रष्ट हुन्छ । प्राचीन युगमा मौखिक रुपमा धर्मको प्रचार–प्रसार भएता पनि लिच्छवी युगमा हाम्रो देशमा धेरै बुद्ध धर्म, बौद्ध दर्शन र बौद्ध कलाको अध्ययन अध्यापनको केन्द्र थियो । मध्ययुगमा पनि कैयौँ बौद्ध विहारमा यसरी नै अध्ययन अध्यापनको व्यवस्था थियो ।
हाम्रो देशमा बुद्ध धर्म सम्बन्धी अध्ययन र अध्यापन गर्ने कार्य अत्यन्त आवश्यक भएकोले यसलाई सुहाउँदो समय र परिस्थितिलाई हेरेर त्रिशुली सुगत बौद्ध मण्डलका सचिव धर्मरत्न शाक्यको सल्लाह अनुसार श्रद्धेय भिक्षु बुद्धघोष महास्थवीर त्रिशुली सुगतपुर विहारमा पाल्नुभएको बेलामा वि.सं २०१९ मा बुद्ध धर्मको अध्ययन र अध्यापन कार्यको शुभारम्भ गर्नुभयो । जुन परीक्षा क्रममा १ कक्षादेखि ५ कक्षासम्मका परीक्षार्थीहरु उत्तीर्ण पनि भए ।
त्यसपछि भिक्षु बुद्धघोष महास्थवीर र धर्मरत्न शाक्य ‘त्रिशुली’ ले “अखिल नेपाल भिक्षु महासंघ” मा प्रस्ताव पेश गरेअनुसार २०२० साल बैशाख महिनाको ५ गते बसेको बैठकले परिवर्तित र परिवद्र्धित गरी त्यस शिक्षाको अधिराज्यभरी सञ्चालन हुनेगरी “नेपाल बौद्ध परियत्ति शिक्षा” नामाकरण गर्ने निर्णय भयो ।
अखिल नेपाल भिक्षु महासंघको निर्णय अनुसार .सं २५०७ को बुद्ध पूर्णिमाको शुभदिनमा परीक्षा केन्द्र निर्णय भएको ठाउँमा नेपाल अधिराज्यभरी ठिक ८ः४५ बजे बिहान “नेपाल बौद्ध परियत्ति शिक्षा” को अध्ययन र अध्यापन कार्य प्रारम्भ भयो । शुरुमा प्रारम्भिक प्रथम वर्षदेखि प्रवेश द्वितीय वर्षसम्म मात्र व्यवस्था भइराखेको यस शिक्षा आज आएर अन्तिम उपाधि परीक्षाको रुपमा “परियत्ति सद्धम्म कोविद” उपाधि परीक्षासम्म सञ्चालन हँुदै आइराखेको छ ।
नेपाल बौद्ध परियत्ति शिक्षा स्तर यस प्रकार छन्ः
१.परियत्ति सद्धम्म पालकको प्रारम्भिक प्रथम वर्ष । २.परियत्ति सद्धम्म पालकको प्रारम्भिक द्वितीय वर्ष । ३.परियत्ति सद्धम्म पालकको प्रारम्भिक तृतीय वर्ष । ४.परियत्ति सद्धम्म पालकको प्रवेश प्रथम वर्ष । ५.परियत्ति सद्धम्म पालकको प्रवेश द्विथीय वर्ष । ६.परियत्ति सद्धम्म पालकको प्रवेश तृतीय वर्ष । ७.परियत्ति सद्धम्म पालकको उपाधि वर्ष । ८.परियत्ति सद्धम्म कोविद प्रथम वर्ष । ९.परियत्ति सद्धम्म कोविद मध्यम वर्ष । १०.परियत्ति सद्धम्म कोविद अन्तिम वर्ष ।
अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षा पठन पाठन गर्न केन्द्रहरुको अवधारणा विकास गरी थेरवादी विहारमा यो शिक्षा शुरुवात गरिएको हो । हालसम्म परियत्ति परीक्षा सञ्चालन हुने करिब तिन दर्जन केन्द्रहरु स्थापित भइसकेका छन् ।
बौद्ध विहार, वहाः वहीको सम्पर्कमा रहेका छोरा, छोरी, आफन्त र साथीहरुले यो परियत्ति शिक्षा अध्ययन गर्दै आएका छन् । परियत्तिको विकास कार्यमा पाठ्यक्रमले पनि ठूलो भूमिका निभाएको हुन्छ । नेपाल बौद्ध परियत्ति शिक्षा अन्तरगतका पुस्तकहरु निःशूल्क रुपमा ताइवानको दातृसंस्था त्जभ ऋयचउयचबतभ द्ययमथ या तजभ द्यगममजब भ्मगअबतष्यलब िँयगलमबतष्यल ले प्रकाशन तथा सौजन्य गर्दै आएको छ । बौद्ध परियत्ति शिक्षाको आधार स्तम्भको रुपमा पञ्चशीललाई लिइन्छ । सदाचारका नियमहरुलाई नै शील भनिन्छ । शुद्ध, निर्दोष र पवित्र जीवन जीउनका लागि शील पालना गर्नु अति आवश्यक छ । आफ्नो कारणले अरु कसैलाई पनि बाधा, व्यवधान, हानी, नोक्सानी, दुःख, कष्ट नहोस् भन्ने अभिप्रायले शीलको पालना गरिन्छ ।
शीलेन सुगतिं यन्ति, शीलेन भोग सम्पदा । शीलेन निब्बुतिं यन्ति, तस्मा शीलं विशोधया ।।
अर्थात शीलले सुगति राम्रो गति, स्वर्गादी लोकमा लैजान्छ । शीलवानलाई खान लाउनको कुनै दुःख हुँदैन, अर्थात आपूmलाई चाहिने जति भोग सम्पत्ति प्राप्त भईरहन्छ । शीलले निर्वाण मार्गमा प्रतिष्ठित गराईरहन्छ । पाँचवटा सदाचारका नियमहरुलाई पञ्चशील भनिन्छ । पञ्चशील प्रत्येक बौद्ध उपासक–उपासिकाहरुले मात्र होइन समाजमा सुख, शान्ति, भाइचारा चाहने व्यक्तिहरुले सदैव पालना गर्नुपर्दछ । सबै बौद्ध उपासक–उपासिकाहरुले प्रत्येक दिन बिहान पञ्चशील स्मरण गर्दछन् । प्रायः सबै बौद्ध कार्यक्रमहरुमा सुरुमा पञ्चशील पाठ गर्ने परम्परा रहेको छ । पञ्चशील यस प्रकार रहेका छन् ।
१.पाणातिपाता वेरमणी सिक्खापदं समादियामी । (म प्राणी हिंसा नगर्ने शिक्षापद ग्रहण गर्दछु) । २.अदिन्नादान वेरमणी सिक्खापदं समादियामी । (म चोरी नगर्ने शिक्षापद ग्रहण गर्दछु) ३.कामेसुमिच्छाचारा वेरमणी सिक्खापदं समादियामी । (म व्यभिचार नगर्ने शिक्षापदलाई ग्रहण गर्दछु) । ४.मुसावादा वेरमणी सिक्खापदं समादियामी । (म भूmठो नबोल्ने शिक्षापदलाई ग्रहण गर्दछु) । ५.सुरामेरयो मज्जपमादठ्ठाना वेरमणी सिक्खापदं समादियामी । (म मादकपदार्थ, लागूपदार्थ ग्रहण नगर्ने शिक्षापदलाई ग्रहण गर्दछु) ।
यसैगरी बौद्ध शिक्षाको अर्को आधार स्तम्भ चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्ग रहेका छन् । भगवान बुद्धले ३५ वर्षको रमेरमा बुद्धगयाको बोधिवृक्षमुनि ध्यान द्वारा जुन ज्ञान लाभ गर्नुभयो त्यो सम्यक सम्बोधि ज्ञान थियो । त्यस अन्तर्गत एउटा ज्ञान परम्पराको ज्ञान थियो जसलाई चतुआर्य सत्य भनिन्छ । यि चार आर्य सत्यहरु यस प्रकार छन् ः १.दुःख आर्य सत्य, २.दुःख समुदय आर्य सत्य, ३.दुःख निरोध आर्य सत्य र ४.दुःख निरोध गामिणी प्रतिपदा मार्ग आर्य सत्य ।
दुःखबाट मुक्ति पाउने एक मात्र उपाय सम्यक् जीवन यापन गर्नु हो सम्यक् जीवन भनेको सरल, निर्दोष र पवित्र जीवन हो । कसैप्रति अहित नचिताइ आफ्नो कारणले कसैलाई बाधा नहोस् भन्ने कुरामा होश पु¥याई बाँच्न सक्यो भने यो संसारमा सबै सुखी र शान्तभई बाँच्न पाउँछ । बुद्धधर्म भनेको सही जीवन शैली हो । यसलाई मध्यम प्रतिपदा पनि भनिन्छ । दुईवटा अतिलाई त्याग्नुपर्दछ । एउटा अति काम सुखमा चुर्लुम्म डुक्नु हो । मोज–मज्जा, ऐश–आरामपूर्ण जीन्दगी बिताएर साँचो सुख पाउन सकिँदैन । सिद्धार्थ गौतमले दरबारमा सबै प्रकारका सुखभोग गरिराखेका थिए तर पनि मनमा शान्ति थिएन । अर्को अति भनेको शरीरलाई कष्ट दिनु हो । बुद्धले पनि ६ वर्षसम्म अति दुष्कर चर्या गर्नुभयो तर दुःखबाट मुक्त हुने ज्ञान प्राप्त गर्नसक्नुभएन । दुईवटा अतिलाई त्यागेर बिचको मार्ग अपनाएर मात्र सहि रुपमा ज्ञान पाउन सकिन्छ र दुःखबाट मुक्ति पाउन सकिन्छ । यसैलाई आर्य अष्टाङ्गिक मार्ग भनेको हो । यी आठवटा छन् ः
१.सम्यक दृष्टि २.सम्यक संकल्प ३.सम्यक वाचा ४.सम्यक कर्मान्त ५.सम्यक आजीवीका ६.सम्यक व्यायाम ७.सम्यक स्मृति ८.सम्यक समाधि । मनलाई नियन्त्रण गर्नु र शुद्ध गर्नु नै बुद्धोपदेशको मूल मर्म हो । सुख मनले अनुभव गर्ने वस्तु हो । जबसम्म मन द्धेषले प्रदुषित रहन्छ, क्लेशले कलुषित रहन्छ , अनियन्त्रित रहन्छ, सुख आकासको फल जस्तो मात्र हुन्छ । जति भौतिक सुविधा भएपनि मनले सुख र शान्ति अनुभव गर्न सक्दैन । त्यसैले सच्चा सुख पाउनका लागि मानसिक शुद्धता नै एक मात्र आवश्यक कुरा हो ।
आधुनिक शिक्षा प्रणालीमा नैतिक मूल्य, मानवीय गुणहरु विस्तारै हराउँदै गएको छ । मानव सभ्यताको विकाससंगै अगाडि बढेको शिक्षा प्रणालीमा भौतिकताले ज्यादा प्रश्रय पाउँदा आध्यात्मका कुराहरु हटाइएका छन् । सदाचार, सद्भाव, शिष्टाचार, मैत्रीभावको भावना, सहनशीलता, करुणा, राष्ट्रप्रेम, माता–पिता प्रेम, अहिंसा, सत्य, धर्म सहितको आधुनिक शिक्षा आजको आवश्यकता हो । अहिलेको आध्यात्मविनाको शिक्षाले समाज र सामाजिक परिवेश जर्जर बन्दै गएको छ । हिंसा, हत्याका घटनाहरु दिनानुदिन बढ्दै गईरहेको छ । समाजमा भ्रष्टाचार, बलात्कारका घटनाहरु बढेका छन् । सभ्य र सुसंस्कृत समाजको निर्माणको नाममा लगाइएको आधुनिक शिक्षा प्रणालीलाई परिपूर्ण बनाउन यसमा नैतिकताका कुराहरु थप्नु जरुरी छ । विकासको नाममा विनासतर्पm उन्मूख नभई अपनत्वको भावना विकास गर्दै शिल, आचरणयुक्त, इमान्दार, शान्त, प्रेमयुक्त, राष्ट्रभक्तीभाव वृद्धी गर्ने शिक्षाप्रणाली खोजी गर्नुपर्दछ । पाश्चात्य देशतर्पm पनि आध्यात्म, योग–ध्यान लगायतको पूर्वीय दर्शनका कुराहरु अंगीकार गर्न थालिएको छ ।
त्यसैले हाम्रो शिक्षा प्रणलीमा आध्यात्मिकतालाई समावेश गर्न जरुरी देखिन्छ । अति भौतिकताले मानिसलाई मनोगत बनाउँदछ, स्वार्थी बनाउँदछ, मानसिक रुपमा विक्षिप्त बनाउँदछ । त्यस्तो हुन नदिन सदाचारका पाठ, सद्विवेक र सृजनशीलताको पाठ सिकाउनु पर्दछ , जुन परियत्ति शिक्षाबाट प्राप्त हुन्छ सक्दछ । आधुनिक शिक्षामा परियत्ति शिक्षाको मिश्रण गरेर शिक्षण शिकाई कृयाकलाप गराएमा नयाँ पुस्ताका विद्यार्थीहरुमा शिल, आचरण, शिष्टाचार, सद्भाव,, प्रेम, अहिंसा, करुणा, मैत्री, सहनसिलता आदि गुणहरुको विकास हुने निश्चित देखिन्छ ।
परियत्ति शिक्षा
