बुटवल, पुस १७ । प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमुना बनाइने तर त्यो काम हतारमा नहुने प्रष्ट पारेका छन् । प्रदेशको राजधानी कहां भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भिरतापूर्वक सोच्न आवश्यक रहेको उनले बताए । राजधानीको विषयमा दीर्घकालिन सोचको साथमा अघि बढ्न र दलिय स्वार्थभन्दा माथि उठ्न उनले प्रदेश सांसदहरुलाइ आग्रह समेत गरे ।
सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै उनले खाली रहेको सरकारी जग्गा मा नै सरकारले राजधानी बनाउनुपर्ने बताए । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कारमा उनले भने–‘राजधानी कहा भन्दा पनि कस्तो बनाउने भन्ने विषय नै प्रमुख हुनुपर्दछ, राजधानी जहां भएपनि १०० बर्षसम्म का पूस्ताहरुको लागि पनि अनुकुल हुने खालको बनाउनुपर्छ ।’
प्रदेश नम्बर ५ को राजधानी सबैको पहुँच, सबैको अनुकुल हुनुपर्ने गरी बनाउने बताए । उनले सबैको ईच्छा, नभएमा सबै व्यवस्थापन गर्न सकिने बताए । सिंगो नयां सहर नै बनाउने गरी राजधानी निर्माण गर्न सकिने उनको भनाइ छ ।
राजधनीको विषयमा भौगोलिक विकटता पनि महत्वपूर्ण रहेको भन्दै उनले कसैको घर, जग्गा, घडेर कहंँ छ भनेर त्यहाँ राजधानी बन्नु पर्छ भन्ने तर्क गलत रहेको बताए । उनले रुपन्देहीका सबै जिम्मेबार निकायसंग बँंके र बर्दियाको क्षेत्रलाई समेत समेटेर कार्य अगाडी बढाउनको लागि आग्रह गरे ।
विगतको अवस्था र अहिलेको अवस्था धेरै परिर्वतन आएको र अभावको विचमा प्रदेश सरकारले काम गरेको भन्दै उनले अहिले पनि सोही प्रकृतिले काम गरेको बताए ।
‘अहिलेको कामले कुनै पनि दलले चित्त दुखाउनुपर्ने अवस्था छैन,संघीयता कार्यान्वयनमा केही जटिलता रहेकाले पनि जनतामा संघीयता कार्यान्वयनमा केही समस्या आएको छ ।’ घर्तीले भने ।
संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी र प्रदेश अहिलेकै ठांउमा उपयुक्त हुने बताए ।
अहिले राजधानी लगायतको विषयमा उनले बेकारको खिचडी पाकिरहेको तर्क गरे । सबै जिल्लाको प्रतिनिधित्व भन्दै हिड्ने समितिमा सबै जिल्लाका प्रतिनिधित्व खोज्ने बहानामा ढिलाइ गरिएको बताए । उनले समस्या समाधान गर्ने हो भने सच्चा इमान्दारीता देखाई, ढिलाई गर्न नहुने बताए । संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको बिषयमा सांसदहरु चुकैको बताए ।
राजधानीको लागि उपयुक्त ठाउँ खोजौः सभामुख
on:
