बुटवल, पुस १८ । प्रदेश नं ५मा माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुई दिन विदा दिने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश ५ मा मगर र थारु जातिको बाहुल्यता रहेको भन्दै प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघीकै अवसरमा पुस ३० गते शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम राखिएको जानकारी दिएको छ ।
माघ १ र २ गते सार्वजनिक विदा
