मायादेवी गाउँपालिकाको १४ औं गाउँसभा शुरु

मेचीकाली संवाददाता

३२ जेष्ठ २०८०, बिहीबार
198 shares


तुलसीराम पौडेल —
मायादेवी , जेष्ठ ३१
“मायादेवीको पहिचान सन्तुलित विकास ,गुणस्तरीय सेवा र सुशासन भन्ने मुल नाराका साथ सकारात्मक परिवर्तनलाई आत्मसात गर्दै रुपन्देही स्थित मायादेवी गाउँपालिकाको १४ औं गाउँ सभा तथा अधिवेशन शुरु भयो ।मायादेवी गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले गाउँ सभामा आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।नीति कार्यक्रम अन्तरगत पुर्वधार तर्फ गाउँपालिका क्षेत्र भित्रका सडकहरुमा विशेष खालका सडक बत्तीहरुको व्यवस्थापन गरिने ,गाउँपालिका क्षेत्र भित्र चक्रपथको सम्भाव्यता अध्यन गरिने, ठुला पुर्वाधारहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरि आयोजना बैंक मार्फत प्राथमिकता पुर्वक योजनामा लगानी गर्ने नीति अपनाइने ,सडकको चौडाइ न्यूनतम ६ मिटर कायम गर्न सबैलाई अभिप्रेरित गरिने , “हाम्रो सडक हाम्रो सहभागिता ,स्तरीय सडक हाम्रो प्रतिबद्धता ” अनुरुप गाउँपालिका क्षेत्रभित्रका कच्ची सडकलाई नाली कल्भर्ट ,ह्युमपाइप सहित पिच सडकमा स्तरोन्नति गरिने छ। वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गरिनेछ।सुशासन तथा संस्थागत विकास अन्ततगत स्थानीय तहको काम कारवाहीलाई खुल्ला पारदर्शी एवं प्रभावकारी दिगो परिणाममुखी बनाइने छ।त्यसै गरि सदाचार युक्त उच्च मनोबल भएका जिम्मेवार कर्मचारीबाट स्वच्छ कार्य सम्पादन र सुशासनमुखी निति निर्माण गरी प्रभावकारी निश्पक्ष शासन संचालन गरिनेछ।नागरिकहरुको गुनासाहरुको सुनुवाइ गर्ने सुचनाको पहुँच निर्माण गर्न सहज र सरल प्रणालीको स्थापना गरिनेछ।कार्यालयबाट प्रदान गरिने सेवा सुविधा र निर्णयलाई पारदर्शी बनाउन र नागरिकहरुलाई सहज पहुच पुर्‍याउनको लागि कार्यालयमा विद्दुतिय सुचना प्रविधिको विकास गरिनेछ।भ्रष्टाचारविरुद्ध शुन्य सहनसिलताको नीति अवलम्बन गरिनेछ ।सूचना आदानप्रदान गर्न प्रत्येक वडा कार्यालय ,विद्यालय ,स्वास्थ्यचौकी र गाउँपालिकामा सूचना अधिकारी तोकी कार्यालय जवाफदेही बनाइनेछ।आन्तरिक लेखा परीक्षण पद्धतिलाई प्रभावकारी बनाइने छ।बेरुजु हुन नदिने र बेरुजु फछ्र्यौटलाई व्यवस्थित गरिनेछ । गाउँपालिका भित्र हुने व्यक्तिगत घटनालाई ३५ दिनभित्र दर्ता गराउन सचेतनामुलक कार्यक्रमको लागि ७ दिने घटना दर्ता सप्ताह तथा सामाजिक सुरक्षा भत्तामा नाम दर्ता गराउन तथा नाम नविकरण गर्नको लागि १० दिने अभियान प्रत्येक वडामा संचालन गरिनेछ। जिल्ला स्थित नापी कार्यालयको समन्वय र प्राविधिक सहयोगमा यस गाउँपालिका भित्र पुर्जा वितरण गर्न बाकी रहेका सबै वडाका गाउँ ब्लकका बस्तीहरुको नाप नक्सा कार्य सम्पन्न गरि जोतभोग गरि बसेका र आवश्यक प्रमाण पुगेका पुर्जा विहिन नागरिकहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरी जग्गा धनी बनाउने प्रक्रिया अगाडि बढ्याइनेछ ।मायादेवी गाउँपालिका भित्र रहेका भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गर्नका लागि रास्टिय भुमी आयोगसग भएको सम्झौता अनुसार आवश्यक समन्वयमा जनशक्तिको व्यवस्थापन गरी नाप नक्सा जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइनेछ।
राजस्व तथा श्रोत परिचालन अन्तरगत व्यबसाय कर लिदा एउटै फर्ममा फरक फरक प्रकृतिका व्यबसाय संचालन भएको हकमा तोकिए बमोजिमको फरक फरक प्रकृतिको व्यबसाय करको दरले हुन आउने रकम जोडी व्यबसाय कर लिइने नीति अवलम्बन गरिनेछ।वार्षिक रुपमा व्यबसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन ” व्यबसाय कर तिरौ ,विकास कार्यमा सरिक हौं भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाइ परिचालन गरिनेछ।मैले तिरेको कर मेरै मायादेवीको विकासका लागि हो भन्ने अनुभुती सहित करदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ।प्राकृतिक श्रोत तथा नदिजन्य पदार्थहरुको उचित व्यवस्थापन गरी आन्तरिक राजस्व बढाउने तथा करका दायराहरु बढाइ गाउँपालिकाको आयस्रोत वृद्धि गर्दै लैजाने निति अनुसरण गरिनेछ।
शिक्षा ,युवा तथा खेलकुद अन्तरगत ” गुणस्तरीय शिक्षा मायादेवीको प्रतिबद्धता ,शैक्षिक व्यवस्थापनमा हामी सबैको साझा एक्यवद्धता ” भन्ने आदर्शका साथ शिक्षा क्षेत्रको समग्र व्यवस्थापनमा सुधार गरिदै लगिनेछ।रास्टिय पाठ्यक्रम ढाचाभित्र रहि स्थानीय परम्परागत पेशा ,सीप र प्रविधिमा आधारित व्यबसायहरु ,कला ,साहित्य ,सस्कृती ,एतिहासिक तथा धार्मिक धरोहरहरु ,रहनसहन आदि समाविष्ट गरी स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गरि आधारभुत तह कक्षा १-८ मा लागू गरिनेछ।समाज रुपान्तरणको मुख्य आधार शिक्षा भन्ने मान्यतामा टेकेर प्रत्येक नागरिकमा निहित आधारभुत तहसम्म अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको निशुल्क शिक्षा पाउने संबैधानिक हकलाई उच्च सम्मान गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिने छ। साथै विक्रम सम्बत २०८५ वैशाखसम्म ५-१२ बर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई अनिवार्य रूपमा कक्षा ८ सम्मको शिक्षा पुरा गरेको हुनुपर्ने अन्यथा राज्यका सेवा सुविधाहरुबाट वन्चित हुनुपर्ने कानुनी व्यबस्थालाई आत्मसात गर्दै अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा सुनिस्चित भएका वडाहरु घोषणा कार्यक्रम संचालन गरिनेछ
त्यसै गरि अन्य विषयहरुको नीति तथा कार्यक्रम अन्तरगत बालश्रम , बालविवाह ,बहुविवाह ,दाइजो र बोक्सी प्रथा अन्त्य गर्ने नीति किशोरी समूह संजाल ,बालक्लब र बाल संजाल मार्फत कार्यक्रम संचालन गरिनेछ।सामाजिक सुरक्षा तथा संरक्षण सम्बन्धि नीति बालबालिका पुनस्थापना केन्द्र ,जेष्ठ नागरिक ,अशक्त स्याहार केन्द्र स्थापना र संचालनका लागि पहल गरिनेछ।जेष्ठ नागरिकको जीवन सम्मानित ,सुरक्षित र व्यबस्थित बनाई प्रत्येक वडामा जेष्ठ नागरिक सितल चौतारीको व्यवस्थापन गरीनेछ।स्वास्थ्य सस्थामा सुत्केरी हुने दर बढ्याइ मातृ शिशु स्वास्थ्य र पोषण स्थितिमा सुधार ल्याउन स्वास्थ्य सस्थामा सुत्केरी गराउन आउने आमाहरूलाई थप प्रोत्साहनको व्यवस्थापन गर्दै लगिनेछ। पालिकाभित्रका गर्भवती तथा सुत्केरी आमाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ।साथै जेष्ठ नागरिक ७० बर्ष भन्दा माथिका , अति गरीब र अपांग क र ख परिचयपत्र बाहकहरुलाई रुपन्देही जिल्लाभरी निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर तथा आङ खसेका ,प्रजनन रुग्णता भएका महिलाहरुको स्कृनिङ्ग गरि उपचारमा ल्याइनेछ।पालिका भित्र विपन्न नागरिकहरुको स्वास्थ्य विमा गरिने लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन् ।गाउँपालिका प्रवक्ता एवं वडा नम्बर -७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रहरीले प्रशासकिय अधिकृत सुरेश भण्डारीले गर्नु भएको थियोे ।