गृष्मकालीन आहार विहार बारे जानकारी

मेचीकाली संवाददाता

१ असार २०८०, शुक्रबार
222 shares


ध्रुवराज भण्डारी
वरिष्ठ कविराज सातौ तह


गृष्मकाल भन्नाले बैशाख र जेठ महिना हो । यस ऋतुमा सुर्य उत्तरायण हुने हुदा आदानकाल पनि भनिन्छ।यस ऋतुमा सुर्यको उष्ण किरणले तापक्रम अधिक भई जलीय अंश सुक्न जान्छ ।जसले गर्दा वातावरणनै सुख्खा हुने हुन्छ ।
यस ऋतुमा वायु र अग्नी महाभुतको प्रवलताले शरीरमा कटु/पिरो रस प्रवल भएको हुन्छ जसले गर्दा वात दोषको संचय हुनजान्छ। त्यसैले वाथ रोगीहरुले खानपानमा विशेष सावधानी अपनाउनु पर्छ ।यस ऋतुमा शरीरको पाचन अग्नी मध्यम तथा शारिरीक शक्ति अल्प हुन्छ ।शरीरमा पीत्त दोषको प्रकोप भई प्यास बढि लाग्ने र शरिरमा ज्वरो आउने․ हात खुट्टामा जलन हुने‚ नाशागत रक्तश्राव‚ चक्कर लाग्ने र टाउको दुख्ने जस्ता समस्याहरु हुन्छन ।
हितकर/लाभदायक आहार विहार
हल्का चिल्ला मधुर/मिठो स्वादयुक्त सजिलो गरि पाचन हुने खानेकुरा
शीतल पेय जस्तै खरबुजा‚उखुको रस तथा उमालेर चिसो पारिएको पानी
दहीमा पानी मिलाई सख्खर राखेर पिउने
सीजन अनुसारका साग सब्जीहरु जस्तै लुडे तथा चौलाईको साग काचो केराको सब्जी
बेलको सर्वत तथा सख्खर संग पानी पिउने‚ यथा सम्भव हर्रोको टुक्रा चुस्ने ।
ताजा भोजन चपाएर खाने‚ रुखले भरिएको बगैचा भ्रमण‚ शरीरमा चन्दनको लेप लगाउने
घरबाट निस्कदा पानी पिउने‚ सांझको भोजन छिटो गर्ने ‚ समय मिलेमा दिनमा १/२ घण्टा सुत्ने ।
अहितकर आहार विहार
तातो पिरो तथा नुनिला खानेकुराहरु कम खाने ।
मसलायुक्त तथा बासी खानेकुराहरु नखाने
अमिलो दही चाट तथा चटनी
एकैपटक धेरै पानी नपिउने किनकि पाचन अग्नी दुर्बल हुन्छ ।
घाम/ बाहिरबाट आएर तुरुन्त पानी नपिउने
मद्यपान नगर्ने नगरि नहुनेले एकदमै कम गर्ने
राती अबेरसम्म जागा नबस्ने तथा उपवास नबस्ने
घाममा नहिडने हिडनै परे शीरमा कपडा वा टोपी लगाउने
फ्रीजमा राखेको तताएर नखाने ।