चापाकोटका पूर्वमेयर शिव गिरीको सडक दुर्घटनामा मृत्यु

मेचीकाली संवाददाता

२ असार २०८०, शनिबार
131 shares

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस महाधिवेशन प्रतिनिधि शिव गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सिद्वार्थ राजमार्ग स्याङ्जा सडकखण्डअन्तगर्त पुतलीबजार नगरपालिका १० बरजामा बा १५ च १७०९ नम्बरको जिप अनियन्त्रित भइ खस्दा गिरी दुर्घटनामा परेका हुन् ।

शुक्रबार राति ११ बजे राङखोलाबाट स्याङ्जा बजार आउने क्रममा जिप खसेपछि घाइते भएका ६० वर्षीय गिरीलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले गिरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

चापाकोट नगरपालिका ४ दर्सिङ निवासी गिरीको शव अस्पतालमै राखिएको छ । पुतलीबजार ९ कोल्मा बस्ने चालक सुरज नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।