भैरहवा, पुस । खुल्ला सिमानाकाका कारण हुने चोरी तस्करी रोक्न र भन्सारलाई व्यवस्थित, व्यवसायीमैत्री बनाउन व्यवसायीहरुकै महत्वपूर्ण भूमिका हुने भैरहवामा आयोजित कार्यक्रममा सहभागीहरुले बताउनुभएको छ ।
उद्योग व्यापार संगठन रुपन्देहीले आयोजना गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भटट्राई तथा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख देवीप्रसाद भण्डारीको स्वागत तथा अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै भन्सार प्रमुख भट्राईले भन्सार र व्यवसायीहरुको प्रत्यक्ष भेट हुने थलो नै भन्सार भएका कारण व्यवसायीहरुले निर्धारण गरेको विललाई नै भन्सारले मान्नुपर्ने कानून रहेको स्मरण गराउनुभयो । उहाँले भन्सारले आफैँ कुनै पनि सामानको मूल्य निर्धारण गर्न पाउँदैन्, व्यवसायीले ल्याएको विलको आधारमा मूल्यांकन गर्दा भन्सार कम भयो भन्नु उचित हुँदैन । यद्यपी भन्सारलाई थप व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै करका विषयमा पहिलेको तुलनामा सर्वसाधारण व्यवसायीमा समेत सचेतना बढेकोले कर असुलीमा सहजता आएको आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख देवीप्रसाद भण्डारीले बताउनुभयो ।
करलाई सहज र सबैको पहुंचमा पु¥याउन अनलाइन सिस्टम सुरु गरिएको बताउनुभयो । संगठनका अध्यक्ष नारयाणप्रसाद भण्डारीको अध्यक्षता तथा सचिव टिकाराम भटट्राईको संचालनमा सम्पन्न भएको कार्याक्रममा पर्यटन व्यवसायी रवि शर्मा, संगठनका वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, संगठनका सल्लाहकार चोपलाल आचार्य, अजयकुमार गुप्ता, भैरहवा भन्सार एजेण्ट संघका अध्यक्ष असिम न्यौपाने, व्यवसायी अर्जुन गिरी, हाटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष गणेशप्रसाद वेल्वासेलगायतले बोल्दै लुम्बिनीभित्रका मोनास्ट्रीलाई करको दायरामा ल्याउनुपर्ने, फरेना बजारमा नेपालीलाई प्रतिबन्ध गर्नुपर्ने, भन्सार र कर कार्यालयमा विचौलियालाई निषेध गर्नुपर्ने, झोले व्यापारीबाट हुने तस्करी नियन्त्रण गर्नुपर्नेलगायतमा कार्यालय प्रमुखको ध्यानाकार्षण गराउनुभयो ।
चोरी रोक्न भन्सारलाई व्यवस्थित बनाउन आवश्यक
