वालिङ बजारको अव्यवस्थित सामान नगरले हटायो

मेचीकाली संवाददाता

३ असार २०८०, आईतवार
149 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले अव्यवस्थित रुपमा मालसामान राखि व्यापार गर्दै आएका व्यावसायिहरु लाई नगरपालिकाले एक सूचना जारी गरि वालिङ बजारको मुख्य भागमा नै अगाडि वा आफ्नो सटर अगाडि नराख्न आग्रह गर्दा पनि नटेरे पछि अनुगमन गरी मालसामान हटाएको छ ।

वालिङ नगरपालिकाको मुल बजारमा व्यावसायिले नै आफ्नो सटर अगाडि मालसामान राखिदिदा बाटो भएर हिड्ने बटुवालाई सर्हैन असुविधा पुगेको थियो

नगरपालिकाकी उप मेयर कविता तिवारी गैरेको नेतृत्वमा बजार अनुगमन वडा नं ८, ९ र १० को मुख्य बजार क्षेत्रमा अनुगमन गरिएको हो । वजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई व्यवस्थित रुपमा राख्न नगर उपप्रमुख गैरेले आग्रह गरिन ।
बजार अनुगमनमा उपमेयर नेतृत्वमा इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय,वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजार व्यवस्थापन सम्बन्धमा अनुगमन गरिएको हो ।

अनुगमन गर्दै नगर उपकेयर गैरेले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताइन् । व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन सम्पादन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको उनले बताइन् ।

उनले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रीहरुलाई असहज हुनुका साथै सवारी आवागमनमा सहजता नभएको हुँदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गरिन ।

बजारको सुन्दरता, अस्वस्थ प्रतिस्पर्धा र सडक दुर्घटनाको जोखिम न्युनिकरणमा सबैको सहयोग आवश्यक रहेको उपप्रमुख तिवारी गैरेले बताईन ।

अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराएको नगरपालिकाले जनाएको छ । अनुगमनको क्रममा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गर्ने बताएको छ ।