टोपलाल अर्याल
गुल्मी, पुस । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले अहिले स्थानीय तहहरुमा सपथग्रहणको लहर चलाएको छ । स्थानीय तहका अध्यक्ष र सचिवलाई पार्टी कार्यालयमै बोलाएर पद तथा गोपनियताको शपथग्रहण गराइएको छ । नेकपाका ५ नम्बर प्रदेशका सचिव जगप्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाउनुभयो भने स्थानीय तहमा अरु पदाधिकारी तथा सदस्यहरुलाई जिल्लास्तरीय नेताहरुले गाउँगाउँमा पुगेर सपथग्रहण गराउने अभियान रहेको नेकपाका सचिव बुद्धि जिसीले बताउनुभयो ।
नेकपा गुल्मीले सबै स्थानीय तहको कमिटीलाई पूर्णता दिएको छ । रेसुङ्गा नगरपालिकामा हरी पोखरेल अध्यक्ष र धर्म विश्वकर्मा सचिव रहेको ८१ सदस्यीय रेसुङ्गा नगरकमिटी गठन भएको छ । सवै पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण सम्पन्न भएको छ भने मदाने गाउँपालिकाले पनि पूर्णता पाएको छ । अध्यक्ष प्रेम केसी तथा सचिवमा झविन्द्रबहादुर घर्तीसहित ७५ सदस्यीय कमिटीले पूर्णता पाएकोे नेकपाका नेता हिरा एसीले बताउनुभयो । त्यस्तै धुर्कोट गाउँपालिकाले पनि पूर्णता पाएको छ । अध्यक्षमा गोपाल कुँवर तथा सचिवमा चन्द्र विकसहित ७५ सदस्य रहेका छन् । मुसिकोट नगरपालिकामा खुमबहादुर थापा अध्यक्ष तथा अग्निधर लोहोनी सचिव हुनुभएको छ । कालीगण्डकी गाउँपालिकामा रामजी ढकाल अध्यक्ष तथा मोतिलाल भट्राई सचिव, चन्द्रकोट गाउँपालिकामा चित्र केसी अध्यक्ष तथा प्रेम पराजुली सचिव भएको नेकपा जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले बताउनुभयो । त्यस्तै सत्यवती गाउँपालिकाको अध्यक्षमा ठगप्रसाद ज्ञवाली र सचिवमा जितु तरामु रहनुभएको छ ।
रुरु गाउँपालिकाको अध्यक्षमा चन्द्रमणी गौतम तथा सचिवमा नारायण पौड्याल, छत्रकोट गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे तथा सचिवमा पिताम्बर अर्याल रहेको काउछाले बताउनुभयो । त्यस्तै गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम तथा सचिवमा यमलाल पाण्डे, मालिका गाउँपालिकाको अध्यक्षमा देविराम अर्याल तथा सचिवमा रंगमाया पुन सचिवमा मनोनित भएको नेकपा गुल्मीले जनाएको छ । सबै स्थानीय तहमा कमिटीलाई पूर्णता दिँदै सपथ खुवाउने कार्यक्रम जारी रहेको नेकपाका नेता वीरबहादुर कार्कीले बताउनुभयो ।
अहिलेसम्म तीन स्थानीय तहले कमिटीलाई पूर्णता दिए पनि बाँकीको पनि सबै तयारी पूरा भएको जानकारी दिनुभयो । स्थानीय कमिटीहरुलाई पूर्णता दिदै सांसद तथा नेकपाका नेता दिनेश पन्थी, जिल्लास्तरीय नेता बोम खड्का, सोमनाथ सापकोटा, बुद्धि जिसी, हिरा एसी, वीरबहादुर कार्कीलगायतले सपथग्रहण गराइरहनुभएको छ ।
नेकपाका तीन कमिटीले पूर्णता पाए
on:
