ब्युटी आर्टस सप्पन्न

मेचीकाली संवाददाता

१५ असार २०८०, शुक्रबार
132 shares


तुलसीराम पौडेल —
मोतिपुर, असार १५
श्री मोतिपुर सामुदायिक सिकाई केन्द्र बुटवल -१७ मोतिपुर रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा BASIC BEAUTY ARTS TRAINING को समापन कार्यक्रम सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका वडा न . १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मिको प्रमुख आतिथ्यतामा , तालीमकि प्रशिक्षक मन कुमारी चौधरीले प्रशिक्षण एवं सहजीकरण गर्नुभएको छ ।
कार्यक्रम सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कपिलमनि ढकालको अध्यक्षता ,बुटवल -१७ का वडा अध्यक्ष ज्ञान बहादुर रेस्मिको प्रमुख आतिथ्यता, विशिस्ट अतिथिहरु वडा नम्बर -१९ का वडा अध्यक्ष चन्द्रसिह थापा , बुटवल वडा न .१८ का अध्यक्ष गुरु प्रसाद पङेनी , बुटवल उपमहानगरपालिका शिक्षा साखा अधिकृत कमला चुडालिको आतिथ्यतामा सम्पन्न भएको हो । जसमा ५० जना प्रशिक्षार्थीहरु रहेका थिए !सामुदायिक सिकाइ केन्द्रकी सदस्य माया थापाको स्वागत मन्तव्य ,कबिता कोइरालाको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल -१७ का वडा सचीव राधिका श्रेष्ठ , सल्लाहकार रणबहादुर राना भिम प्रसाद न्यौपाने , उर्मिला नेपाल, शिव नेपाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थी हरुलाई पुरस्कृत तथा सम्पुर्ण प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।