अमृत गिरी
लुम्बिनी, पुस २९। लुम्बिनीलाई केन्द्रमा राखेर बौद्ध सर्किटको पर्यटन प्रवद्र्धन गर्ने विषयमा विभिन्न देशका पर्यटन व्यवसायीहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । लुम्बिनीले संसारभरका पर्यटकलाई आकर्षित गर्न सक्ने प्रचूर सम्भावना रहेको भन्दै उनीहरुले लुम्बिनीलाई केन्द्रमा राख्दा दिगो पर्यटन विकास हुने बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा इन्टरनेसनल बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) को शुभारम्भ गर्न आएका पर्यटन व्यवसायी तथा विज्ञहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
लुम्बिनीस्थित पवित्र उद्यानमा एक भव्य समारोहका बीच उक्त कार्यक्रमको औपचारिक उद्घाटन भएको छ । हट अएर बेलुन उठाउनुका साथै अन्तर्राष्ट्रिय बौद्ध सर्किट र त्यहाँका पर्यटकीय गन्त्वका बारेमा अवधारणापत्र प्रस्तुत गर्दै उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका एक सय ५० बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।
मार्टमा बिजनेश टु बिजनेश मिटिङसहित बुद्ध पर्यटन प्रवद्र्धनका विविध पक्षका सम्बन्धमा छलफल हुने छ । मार्टको शुक्रबार लुम्विनीमा एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले उदघाटन गर्नुभयो । त्यस अवसरमा उहाँले नेपाल भ्रमण वर्ष २०७६ लाई सफल बनाउन मार्टले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनीको विकासलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उहाँले स्थानीय समुदायले अपनत्व गर्ने र निजी क्षेत्रले पनि सहकार्य गरेर प्रभावकारी बनाइने बताउनुभयो । उहाँले अब तीन वर्षभित्रै लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा हुने पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्वर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनीको वृहत्तर विकास लागि प्रदेश सरकारले संघीय सरकारसंग सहकार्य गरेर जाने बताउनुभयो ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र, अन्तर्राष्ट्रिय ट्राभल संघका आशिष गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा, अष्ट्रेलियाका प्रतिनिधि स्टेस कैमिसी, भिजिट नेपाल २०२० का संयोजक तथा वरिष्ठ उद्योगी सुरज वैद्यलगायतले बोल्दै लुम्बिनीलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय बौद्ध सर्किटलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
१८ देशका पर्यटन व्यवसायीहरु लुम्बिनीमा
लुम्बिनी केन्द्रित पर्यटन विकासका लागि भन्दै विभिन्न १८ देशका पर्यटन व्यवसायीहरु लुम्बिनीमा जुटेका छन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि उनीहरु बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीनदिने मार्टमा विभिन्न बौद्ध विद्वान्, पर्यटन व्यवसायीलगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् । मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीनलगायत गरी १८ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् । विश्व बजारमा नेपालका पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्न मार्ट आयोजना गरिएको मार्टका सदस्य सचिव तथा नाट्टाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागार्इंले बताउनुभयो ।
मार्टको औपचारिक उद्घाटन शुक्रबार गरिएपनि बिहीबारदेखि यो सुरु भएको थियो । जसअनुसार पहिलो दिन सहभागी विदेशी पर्यटन व्यवसायीलाई विभिन्न पर्यटकीय स्थलहरु घुमाइएको छ । उनीहरुलाई नवलपरासीको रामग्राम नगरपालिकाले अभिनन्दनसमेत गरेको छ । अभिनन्दनपछि व्यवसायीको टोलीले बुद्ध मावली रुपन्देही देवदहको अवलोकन गरेको थियो । त्यहाँ देवदह नगरपालिकाले स्थानीय परिकारसहितको ‘मेयर लञ्च’ गराएको थियो । त्यसपश्चात् व्यवसायीहरुले कपिलवस्तु र बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन तथा भ्रमण गरेका छन् । यसअघि उनीहरुलाई काठमाडौं र चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा घुमाइएको थियो ।
ट्राभल मार्टले बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरुबीच सेवा तथा व्यापार विनिमयको अवसर सृजना गर्ने स्थानीय आयोजकका संयोजक सागर अधिकारीले बताउनुभयो । लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायतका स्थानमा विदेशी पर्यटन व्यवसायी र टूर गाइडहरुलाई अवलोकन गराइएकाले यस क्षेत्रमा पर्यटकहरुको बसाइ लम्ब्याउनसमेत मार्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।
नेपालका विभिन्न पर्यटकीय गन्तव्य अवलोकनपछि १७ देशका पर्यटन व्यवसायी बुद्ध जन्मस्थल लुम्बिनीमा भेला भएका हुन् । तीन दिनसम्म चल्ने मार्टमा विभिन्न बौद्ध विद्धान, पर्यटन व्यवसायीलगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०७६ र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षलाई समेत सफल बनाउन उक्त कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ । मार्टमा म्यानमार, थाइल्याण्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् ।
यस्तै चीनको एउटा टेलिभिजनका संचारकर्मी पनि यहाँ आएका छन् । मार्टका सदस्य सचिव तथा नाट्टाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईंका अनुसार लुम्बिनीमा विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६७ जना व्यवसायी, ब्गलर, संचारकर्मीहरु आएका छन् । विश्व बजारमा नेपालका पर्यटकीय स्थलहरुको व्यापक प्रचारप्रसार गर्न मार्ट आयोजना गरिएको गुरागाईंले बताउनुभयो ।
नेपालका पर्यटकीय स्थलहरुमा अधिक विदेशी पर्यटक भित्राउने उद्देश्यसहित नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक बुद्ध जन्मस्थलमा मार्ट सुरु भएको हो । मार्टले लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउनसमेत सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्यटन लक्षित बिभिन्न कार्यपत्र र नेपालका बौद्ध सर्किटको प्रवद्र्धनका बारेमा छलफलसमेत हुनेछ भने बिटुबी मुख्य कार्यक्रम भएको आयोजकको भनाइ छ । मार्टले नेपालमा होटल व्यवस्थापन राम्रो र पर्याप्त छैनन् भनेर विश्व बजारमा परेको गलत प्रभाव मेटाउनसमेत भूमिका खेल्ने पर्यटन व्यवसायीको विश्वास छ । मार्टबाट लुम्बिनीसँगै बुद्ध जिवनीमा आधारित अन्य क्षेत्र र पाल्पाको रानीमहल, रिडी, रेसुंगा, स्वर्गद्वारी, सुपादेउराली, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पोखरा, काठमाडौं, मुक्तिनाथ, सगरमाथा, पशुपतिनाथ, जानकी मन्दिर लगायत महत्वपूर्ण स्थलहरुको प्रवद्र्धन हुने जनाइएको छ ।
लुम्बिनीलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय बौद्ध सर्किट अगाडि बढाइने
on:
