उद्योग व्यापार संघ कपिलवस्तुद्धारा स्थापना दिवसमा वृक्षरोपण

मेचीकाली संवाददाता

१८ असार २०८०, सोमबार
318 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले प्रथम स्थापना दिवसको अवसरमा बाणगंगा ५ स्थित मधौलि सामुदायिक वन उद्यान (लभ पार्क) मा वृक्षरोपण गरेको छ । वृक्षरोपणमा पार्क सौन्दर्यिकरणका लागि उपयुक्त विभिन्न प्रजातिका १ सय ११ विरुवा रोपिएको हो । वृक्षारोपण गरिएका विरुवाहरु हुर्काउने जिम्मा संघ आफैले लिएको छ ।

कार्यक्रमलाई संम्बोधन गर्दै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बाणगंगाको चिनारीको रुपमा स्थापित हुन सफल कपिलवस्तु कै पहिलो सामुदायिक बन मधौलि सामुदायिक वन उद्यान पार्क (लभ पार्क) लाई थप सौन्दर्यता प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । यसको सम्बर्द्धन प्रबर्द्धन गर्नका लागि सबैले भुमिका महत्वोपुर्ण हुने अध्यक्ष पौडेलले बताए ।

बाणगंगाको मात्र नभएर समग्र रास्ट्रको आर्थिक संवृद्धिका लागि सामुदायिक वन एवंम यस्ता उद्यान पार्कले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले उद्योग व्यापार संघ कपिलवस्तु रास्ट्रीय अर्थतन्त्रको विकासका लागि सामुदायिक वन, उद्यान पार्क जस्ता सम्पतिलाई संरक्षण गर्न प्रबर्द्धन गर्न एबम सहकार्य गर्न प्रतिबद्ध रहेको जनाए ।

साथै लभ पार्कले पर्यटकिय हिसाबले पनि निकै चर्चामा रहेको कपिलवस्तु बाहेक छिमेकी जिल्ला तथा भारतबाट समेत पर्यटकहरु आउन लागेको बताउदै आगामी दिनमा पनि हरेक क्षेत्रमा व्यापार संघले सहकार्य गर्दै अगाडि बढ्ने तथा उद्योग ब्यापार संघ कपिलवस्तुमा आबद्धताको लागि मधौलिया सामुदायिक बन लाई आग्रह समेत गरेका थिए ।

उद्योग ब्यापार संघ कपिलवस्तुले एक बर्षमा गरेका उपलब्धिको संक्षिप्त चर्चा गर्दै उनले भने “हामी ब्याबसायिक हकहित सङ्गै सामाजिक कार्यहरु गरिरहेका छौ , समग्र जिल्ला हुँदै रास्ट्रीय अर्थतन्त्रमा टेबा पुर्याउने हरेक ब्यक्ती , ब्यबसाय , सस्थाको पक्षमा लाग्दै सदैब सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छौ ।”

मधौलिया सामुदायिक बनका अध्यक्ष खडानन्द गौतमले उद्योग ब्यापार संघ , कपिलवस्तुले गरेको यो कार्य उत्कृष्ट , सराहनीय एबम संदेश मुलक रहेको बताउदै आगामी दिनमा समेत सहकार्य जारी रहने बिस्वास ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरे ।

कार्यक्रममा व्यापार संघका संरक्षक टोपनारण बेल्वासे, निर्वतमान अध्यक्ष हुमनाथ पौडेल, मधौलिया सामुदायिक वनका अध्यक्ष खडानन्द गौतम लगायत संघका कार्यसमिति, सल्लाहकार एबम सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव बासुदेव खनालले गरेका थिए ।