नगेन्द्र केसी
भुजौली, पुस २८ । शुद्धोधन गाउँपालिका–५, मानपकडीस्थित जिल्ला सरकारी वकिल कार्यलय रुपन्देहीको आयोजनामा र शुद्धोेधन गाउँपालिका–५, मानपकडीको सहयोगमा मुलुकी अपराध सहिता कार्यन्वयनमा सरकारी वकिलको भूमिका २०७५ को मूल नाराका साथ सामुदाय–सरकारी वकिल कार्यक्रम एक समारोहबीच शनिबार सम्पन्न भएको छ । सामुदाय–सरकारी वकिल कार्यक्रममा शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष तथा शुध्दोधन गाउँपालिका न्याय समितिका संयोजक शान्तादेवी ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी वकिल कार्यलयका जिल्ला न्यायाधिवक्ताको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यलयका सुब्बाले कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो । सो कार्यक्रममा रुपन्देही जिल्ला अदालतका अधिकृत गंगा अधिकारीको स्वागत,शुद्धोधन गापा ५ का वडा अध्यक्ष पुन्नेराम गौतम, इलाका प्रहरी कार्यलय छपियाका प्रमुख शैलेश्वरी बोहरा, शुगापा ५ का वडा सदस्य चन्द्रभान चौधरी, रुपन्देही वार एशोसिएशनका अध्यक्ष नरसिंह चौधरी, स्थानीय आमा समूह, संघसंस्था बुद्धिजीवी, राजनीति दलका प्रतिनिधिलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
शुद्धोधनमा सामुदाय–सरकारी वकिल कार्यक्रम
