सनिउल्ला धोबी
कपिलवस्तु, पुस ३० । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पछिल्लो समय सुरक्षालाई मध्यनजर गर्दै चेकजाँचलाई तिव्रता दिएको छ । चेकजाँचको क्रममा कपिलवस्तु प्रहरीले लाखौँको सामानसहित दुई जनालाई पक्राउ गरेको हो । आइतबार बिहान विभिन्न ठाउँमा प्रहरीले गरेको गस्ती तथा चेकजाँचमा करिब चौध लाख बराबरको समान बरामद गरेको छ ।
कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेका ३ सय ६० वटा कम्बल बरामद गरिएको छ । लु १ स २९८४ अटो रिक्सामा अवैधरुपमा ल्याउँदै गरको रु.१ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबारको अटो रिक्सा बरामद गरिएको हो । कम्बलसँगै कपिलवस्तु शुद्धोधन गाउँपालिका १ बस्ने वर्ष २२ का राम केवट र मायादेवि गाउँपालिका ५ बलुहवा बस्ने वर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन् ।
यस्तै कपिलवस्तु कृष्णननगर नगरपालिका वडा नं.६ भिल्मिबाट आइतबार बिहान भारतबाट भन्सार छली अवैधरुपमा नेपाल भित्राएका २ ओटा साइकल र कपडा बरामद गरिएको हो । प्रहरी चौकी भिल्मिबाट खटिएको गस्तीटोलीले बाक्लो सल १८ थान, ज्याकेट १२ थान, लेडिज स्विटर ५९ थान बरामद गरेको हो । बरामद समग्री कुल ५० हजार बराबारको रहेको प्रहरीले जनाएको छ । बरामद साइकल र सामान इलाका प्रहरी कार्यालय कृष्णनगरमा पठाइएको छ । बरामद सामग्री भन्सार कार्यालय पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसैबीच इलाका प्रहरी कार्यालय महाराजगञ्जले औराहा चोकमा बिना स्टिकरको परागगुट्खा बरामद गरेको छ । लु ११ प ८८६७ र लु १८ प २३९८ नं.को मोटरसाइकलमा लोड गरी ल्याउँदै गर्दा ८ बोरा पराग गुटखासहित मोटरसाइकल बरामद गरीएको हो । अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य १ लाख ५० हजार बराबरको गुटखा र २ लाख पर्ने मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ ।
अवैध सामानसहित दुई जना पक्राउ
