बुटवल, माघ १ । बुटवलका थोक कपडा व्यवसायीहरुले खुल्ला सिमा, कर्मचारीहरुले दिने झण्झट र बढ्दो घरभाडाले कपडा थोक कपडाको व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् । थोक कपडा व्यवसायी समितिले सोमबार शंकरनगरमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका वक्ताहरुले खुल्ला सिमाको फाइदा तस्करदेखि उपभोक्तासम्मले लिएको बताउँदै स्वदेशी व्यापार बढाउन नेपाल भारत सिमा व्यवस्थित गर्नुपर्ने बताए ।
उनीहरुले काचो कपडा र अन्य कपडाको भन्सार गराउँदा त्यसको दर महंगो र प्रक्रिया झण्झटिलो हुँदा तस्करहरुले त्यसबाट लाभ लिइरहेको बताए । व्यवसायीका गुनासा सुनेपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले कपडा व्यवसायी मात्र नभएर सबै व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गर्ने बताउनुभयो ।
उहाँले नयाँ संविधान बनी तिनवटै तहको निर्वाचन भइसकेपछि पनि मुलुकमा औद्योगिक व्यवसायीक वातावरण बन्न नसक्दा व्यवसायीहरु चिन्तित भएको बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले चोरीनिकासी र पैठारी रोक्न संघले सरकारी निकायमा डेलिगेशन जाने, अन्तक्र्रिया गर्नेदेखि मन्त्री तथा सरकारका उच्च अधिकारीहरुसँग निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।
समितिका सभापति त्रिविक्रmम श्रेष्ठको अध्यक्षता र सचिव सबिन मियाको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैजू, वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, समितिका पूर्व सभापति पुरन श्रेष्ठ, कार्यक्रम संयोजक राकेशकुमार कसौधनलगायतले बोल्नुभएको थियो ।