दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर

मेचीकाली संवाददाता

२६ असार २०८०, मंगलवार
183 shares
फाइल फोटो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ ।

हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन । ‘च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्,’ उनले भनिन्, थप विवरण आउँदै छ ।’

क्याप्टेन चेत गुरुङसहित हेलिकोप्टरमा अन्य ५ जना मेक्सिकोका नागरिक यात्रु थिए । नाईन एन–एएमभी कलसाइनको हेलिकप्टर मंगलबार बिहान १० बजे यात्रुसहित सोलुखुम्बुको सुेर्केबाट काठमाडौं उडान गरेको थियो ।

उडान गरेको १५ मिनेटमै सम्पर्क विहीन भएपछि काठमाडौंबाट खोजीका लागि अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो ।