भैरहवा, माघ १ । रुपन्देहीको विकट क्षेत्रको रुपमा रहेको मर्चवारका स्थानीयले अब सोही ठाउँमै आँखा र दाँत उपचार सेवा पाउने भएका छन् । लुम्बिनी नेत्रालयको आयोजना र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा मर्चवारको कोटईमाई गाउँपालिका वडा नम्बर ५ मझगावामा सोमबारबाट निःशुल्क आँखा तथा दाँत उपचार सेवा सुरु गरिएपछि सामान्य उपचारका लागि भैरहवा र भारतको नौतनवा जानुपर्ने बाध्यता हटेको स्थानीय अगुवा सनोज यादवले जनाउनुभयो ।
समाजसेवाको भावले स्थापना भएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसर पारेर मर्चवारमा सामुदायिक आँखा तथा दाँत उपचार अस्पतालको उद्घाटन गरिएको क्लबका अध्यक्ष कृष्णप्रसाद पाण्डेले जनाउनुभयो । अस्पतालको रोटरी डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराईले उद्घाटन गर्नुभयो । उद्घाटनसभामा बोल्दै उहाँले क्लबले स्थानीय आवश्यकताका आधारमा खानेपानी, शिक्षालगायतका क्षेत्रमा सहकार्य गर्ने इच्छा व्यतm गर्नुभयो ।
मर्चवार क्षेत्रका जनतामा रतmदान गर्नुपर्छ भन्ने भावना जागृत गराउनका लागि क्लबको सक्रियतामा यसअघि रतmदान कार्यक्रमसमेत आयोजना गरेको अध्यक्ष पाण्डेले बताउनुभयो । चेकजाँचका क्रममा शल्यक्रिया गर्नुगर्ने जेष्ठ नागरिकको आँखा निःशुल्क रुपमा शल्यक्रिया गरिने जनाउनुभयो ।
क्लबमा प्रवेश गरेसँगै आफ्ना कार्यक्रमहरु गाउँमुखी बनाउने प्रतिबद्धताअनुरुप क्लबले मर्चवारलाई छनौट गरेको बताउनुभयो । कार्यक्रमलाई प्रतिनिधीसभा सदस्य प्रमोद यादव, प्रदेशसभा सदस्य अष्ठभुजा पाठक, लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक डा.सनधकुमार श्रेष्ठ, प्रकोप व्यस्थापन समितिका राष्ट्रिय अध्यक्ष जगन्नाथ कुर्मीलगायले मर्चवारमा अस्पताल संचालन गरेकोमा प्रशंसा गर्नुभयो । पहिलो दिनमै अस्पतालबाट करीब १ हजार बढी बिरामीले सेवा लिएको क्लबका संस्थापक अध्यक्ष विमल सेन्चुरीले बताउनुभयो । कार्यक्रम संयोजक हिराबहादुर केसीको स्वागत तथा क्लबकी सचिव उर्मिला सिलवालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
मर्चवारमा सामुदायिक अस्पताल
