चार जीपीए ल्याएका सक्षमलाई एक लाख नगदसहित सम्मान

मेचीकाली संवाददाता

२७ असार २०८०, बुधबार
155 shares

कपिलवस्तु । बाणगंगा नगरपालिका ४ सिद्धिपुरस्थित होराईजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले एसईई २०७९ मा ४ जीपीए ल्याएर कपिलवस्तुमै सर्वोकृष्ट भएका छात्र सक्षम सुवेदीलाई रु. १ लाख नगदसहित सम्मान गरेको छ ।

विद्यालयले राखेको दीक्षान्त समारोहमा सुवेदीलाई बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलगायतले रु. एक लाखको चेक हस्तान्तरण गरेका हुन् । विद्यालयले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद रु. एक लाख दिने घोषणा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले एसईई २०७८ मा विद्यालयका छात्र करुण घिमिरले र २०७९ मा सक्षम सुवेदीले ४ जीपीए ल्याएर कपिलवस्तुवासीकै शिर उच्च बनाइदिएको बताए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कपिलवस्तु आएको बताउँदै विद्यार्थीका लागि शिक्षकले गरेको योगदानका लागि ऋणी रहेको बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले शिक्षा क्षेत्रलाई अगाडि बढाउन थप ऊर्जाका साथ लाग्न आग्रह गरे । दीप बोर्डिङ्ग बुटवलका प्राचार्य टीकाराम न्यौपानेले होराईजनले निकट भविष्मयै विज्ञान संकायका कक्षाहरु सञ्चालन गर्नको लागि तयारी गरिरहेको बताए । बाणगंगाका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले कपिलवस्तुको ‘क’ वर्गको विद्यालय रहेको होराइजनले ल्याएको नतिजाले बाणगंगा शिक्षाको हब बन्दै गएको बताए ।

यस्तै होराईजनका प्रचार्य बासुदेव घिमिरेले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षासमेत दिने गरेको बताउँदै कपिलवस्तु जिल्लामा ४ जीपीए होराईजनले दोस्रो पटक ल्याएको बताए । राष्ट्रियस्तरका विभिन्न विधाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको र आगामी दिनमा थप उत्कृट नतिजालाई निरन्तरता दिन लागिपर्ने बताए । कार्यक्रममा ४ जीपीए ल्याई जिल्ला सर्वोत्कृष्ट सक्षमले आफ्नो यो सफलता आमाबुवा, शिक्षक, विद्यालयले पाएको भन्दै यो सफलतामा सबैका लागि भएको बताए ।

१८ जना ए प्लस , ३० जना ए र ११ जना बी प्लस, र १ जना बी ग्रेड गरी कुल ६० जना एसईई उत्तीर्ण भएका हुन् । कार्यक्रममा अभिभावक र माध्यमिक तहका शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । यसैबीच विद्यालले दोस्रोपटक ४ जीपीए ल्याएको खुशीयालीमा ¥याली आयोजना गरेको थियो । विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहितको टोलीले बाजागाजासहित नगरका विभिन्न ठाउँ परिक्रमा गरेको थियो ।