सियारीमा एक दिने वैदेशिक रोजगार अभिमुखिकरण कार्यक्रम

मेचीकाली संवाददाता

२७ असार २०८०, बुधबार
302 shares


सियारी ,आषाड २७
रुपन्देही स्थित सियारी गाउँपालिका ६ र ७ का युवा युवतिहरुको लागि वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।कार्यक्रम नेपाल सरकार श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्याबसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आयोजनामा सम्पन्न भएको हो ।अभिमुखिकरण कार्यक्रमको प्रशिक्षक सुमन पन्थ ,राजु पन्थी ,भोजराज न्यौपाने र दिपक नेपालिले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा वैदेशिक रोजगारमा जानुभन्दा अगाडि अपनाउनु पर्ने सजगता ,वैदेशिक रोजगार जानेको सामाजिक सुरक्षा लगायत सुविधाहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा ७६ जना सहभागी रहेको प्रतिस्ठानका लेखापाल दिपक नेपालीले जानकारी दिनुभयो ।
प्रतिस्ठानका शाखा अधिकृत सुमन पन्थको अध्यक्षता, सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीको प्रमुख आतिथ्यता, सियारी -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङको बिशिस्ट आतिथ्यता,दिपक नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी अविराम विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन नासु टेकराज पन्थिले गर्नुभएको थियो ।