मानव अधिकार तथा शिक्षा अधिकारसम्बन्धी अन्तरसंवाद

मेचीकाली संवाददाता

२९ असार २०८०, शुक्रबार
140 shares

कपिलवस्तु। राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलाइन्सको २४ औं स्थापना दिवसको अवसरमा मानव अधिकार तथा शिक्षा अधिकार सम्बन्धी अन्तरसंवाद एक कार्यक्रमका बिच मनाइएको छ । मानव अधिकार एलाइन्स कपिलवस्तुको आयोजनामा उक्त कार्यक्रम बाणगंगा नगरपालिका जितपुरस्थित ब्राइट लुम्बिनी लर्निङ्ग सेन्टरमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा मानव अधिकार एलाइन्स केन्द्रिय लेखा आयोगका उपाध्यक्ष पोमनारायण पौडेलले मानव अधिकारको अवधारणा, सिद्धान्त, मूल्य मान्यता र शिक्षा अधिकार सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

यसैगरी मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले मानव अधिकार एलाइन्स कपिलवस्तुले गरेका कार्यहरुको बारेमा जानकारी गराए । मानव अधिकार एलाइन्स कपिलवस्तुमा अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता , मानव अधिकार एलाइन्स केन्द्रिय लेखा आयेगका उपाध्यक्ष पोमनारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पार्वती आचार्यले गरेकी थिइन् ।

कार्यक्रममा ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनका प्रवन्धक निर्देशक अशिम कंडेल क्षेत्री, पत्रकार हरि आचार्य, भाषा प्रशिक्षक कमल भट्टराई र महेश आचार्यको उपस्थिति रहेको थियो । प्रत्येक नागरिकहरुले पाउनुपर्ने मानव अधिकार सुनिश्चित हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।