रुद्रमणि भुसाल
अर्घाखाँची, माघ ७ । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जनताको सेवालाई मध्यनजर गर्दै घरदैलो अभियान लिएर शनिबार विदाको दिन पनि जनताको माझमा पुगेर सेवा दिएको बताउनुभएको छ । गाउँपालिकाका सबै वडाहरुमा पुगेर योजनाहरुको उपभोक्ताहरुसँग सम्झौता गर्ने, बैकिङ खाता खोल्ने, काम हसपुर बामरुकमा सम्पन्न भएको छ । गाउँपालिकाबाट हुने सबै सेबा सुविधाहरु विदाको दिन पनि घरदैलो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिनीले बताउनुभयो । नेपाल सरकारको नीति अनुसार सिंहदरबारको अधिकार गाउँटोलमा पुराउने उद्धेश्यअनुरुप घरदैलो अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गरेको यस्तो कार्यले जनताहरुलाई राहातको महसुस भएको छ । गाउँपालिकाले अहिलेसम्म ७० प्रतिशत योजनाका कामहरु सम्झौता गरिसकेको छ । घरदैलो अभियानमा मेगा बंैकले सहयोग गरेको छ । कार्यक्रम प्रमुख प्रसासकीय अधिकृत खगेन्द्रराज मरासिनी, योजना अधिकृत नेत्र खनाल, कार्यलयका कर्मचारी, वडा अध्यक्ष खडक भुसाललगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।
यसैबीच छत्रदेव गाउँपालिकाले पनि शनिबार विदाको दिन घरदैलो अभियान कार्यक्रमको सुरु गरेको छ । गाउँपालिकाले जनताको हितका निम्ति घरदैलोमा गएर सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानाकारी दिनुभयो । सोही कार्यक्रमअनुसार वडा नं. १ छत्रगञ्जका स्थानीयलाई उपभोक्ता समितसँगको सम्झौता, बैकिङ खाता खोल्ने जस्ता कामको सुरु गरेको छ । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाललगायतको उपस्थिति रहेको थियो ।
योजना सम्झौता गर्दै टोलटोलमा
