महाकल्पमा मृत्युु दावी भुक्तानी

मेचीकाली संवाददाता

३० असार २०८०, शनिबार
368 shares

तुलसीराम पौडेल —
शुद्दोधन , आषाड ३०

रुपन्देहीको शुद्दोधन गाउँपालिका -५ रजाड स्थित महाकल्प कृषि सहकारी सस्थाका शेयर सदस्यलाई मृत्यु दाबी भुक्तानी अन्तरगत एक लाख चालीस हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।महाकल्प कृषि सहकारीका शेयर सदस्य एवं शुद्दोधन -५ मानपकडी निवासी स्वर्गीय लिलबहादुर रानाको विगतमा भएको मृत्युमा महाकल्प कृषि सहकारी संस्था र IME इन्सुरेन्स कम्पनी बीच भएको मृत्यु दाबी भुक्तानी सम्झौता अनुसार एवं रानाकी धर्मपत्नी विन्दु थापालाई १ लाख चालीस हजारको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो। कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी खरेलको अध्यक्षता,IME इन्स्योरेन्स एरिया प्रमुख राजेन्द्र पन्थिको आतिथ्यता, कृषि सहकारी संस्थाका उपाध्यक्ष नमराज आचार्यको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार बिष्णु गौतम र IME इन्स्योरेन्स बुटवल शाखा प्रमुख नारायण गौतमले सहकारी र IME इन्स्योरेन्स बीचको सम्बन्ध बारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको संचालन सहकारीका सचिव डालप्रसाद डुम्रेले गर्नुभएको थियोे ।