बाणगंगा नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न

मेचीकाली संवाददाता

३१ असार २०८०, आईतवार
182 shares

कपिलवस्तु । बाणगंगा नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न गरिएको छ । असार २ गते देखि सुरु भएको नगर सभाले १ अर्ब ६० करोडको बजेट पारित गर्दै असार ३० गते एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

नगर सभालाई संम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको समग्र विकासको लागि आगामी वर्षहरुमा अझ सक्रियताको साथ गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । उँहाले यो एक वर्षमा बजेटले भ्याए सम्म नगर विकासका कार्यमा महत्वपुर्ण योजनालाई अगाडी सारेर काम गरेको बताउनु भयो । आगामि आर्थिक वर्षको लागि ल्याएको बजेट, योजना र कार्यक्रम जनताले प्रत्यक्ष लाभ लिने खालका रहेको बताउँर्दै ति योजनाको कार्यान्वयनमा खटेर लाग्ने मेयर अर्याललको भनाई छ ।

कार्यक्रममा उपमेयर रिता कुमारी चौधरीले नगरमा सुशासन कायम गर्न सिङ्गो नगर प्रतिबद्ध रहेको बताउनु भयो । आगामी वर्षको लागि स्वास्थ्य, शिक्षा कृषि, पूर्वाधार, पिछडावर्ग, महिला, दलित लगाएतका लक्षितलाई समेट्ने गरी बजेट र कार्यक्रम ल्याएको बताउनु भयो । उक्त कार्यक्रमहरुलाई सफलतापुर्वक कार्यान्वयन गर्नको लागि जनता सगैं जनप्रतिनिधि, राजनैतिक दल लगायत सबै लाग्नुपर्ने उपमेयर चौधरीले बताउनु भयो ।

यसैगरी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नगर बाट दिईने सेवा सुविधालाई जनमुखी बनाउँदै लैजाने बताउनु भयो । भौतिक विकास गरेर मात्र जनताको जीवन माथि नउठ्ने भएकाले बाणगंगा नगरपालिका भौतिक, सामाजिक, सांस्कृतिक लगायत सर्वाङ्गिण विकास गर्न तर्फ लागिपरेको प्रशासकिय अधिकृत भुसालको भनाई छ ।

नगर सभाले विभिन्न क्षेत्रमा रहेर नगरको विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई नगद पुरस्कार सहित सम्मान गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताउनु भयो । मेयर चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले गत असार ९ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आयव्यय गरी रु १ अर्ब ६० करोडको बजेट १३ औँ नगर सभाले पारित गरेको नगर प्रवक्ता पौडेलले बताउनु भयो ।