बुटवल, माघ ७ । झोलुङ्गेपथ टोल विकास संस्थाको आयोजनामा बुटवल गोलपार्कदेखि बुटवल–तामनगरसम्मको रुटमा रु.१५ रुपंैयाँ लिनुपर्नेमा २० रुपैंयाँ लिइरहेको र विभिन्न निकायमा लिखित–मौखिक उजुरी गर्दा सुनुवाई नभएका हुनाले जितगढी टोल, बेलबोट टोल, तारा टोल,विजय टोल र निहुरेटोलअन्तर्गतका उपभोक्ताहरुको सहभागितामा विरोध प्रदर्शन गरिएको छ ।
करिब २०० जनाको सहभागितामा भएको उक्त विरोध प्रदर्शनमा बुटवल उप–महानगरपालिकाकी सदस्य विष्णुकुमारी शर्मा, वडा सदस्य खुमानन्द पौडेल र नेपाल प्रहरीका असई यम थापाको टोलीले सेवाग्रहीको पक्षमा साथ र सुरक्षा दिएका थिए । उक्त कार्यक्रममा बुटवल–तामनगर १५ रु.भाडा लागू गर, यात्रुलाई सम्मान गर, भन्दै नारा लगाएका थिए । सहभागीहरुले हरेक उइङ्गर र माइक्रोबसका स्टाफ र यात्रुहरुलाई १५ रुपंैयाँ भाडा लिन दिन सूचना दिएका थिए । यस सन्देशले यात्रुहरु खुसी भएका छन् ।
बुटवल अञ्चल अस्पतालको उत्तरतिरबाट पश्चिम जाने अधिकांश माइक्रोबस र उइङ्गगरका स्टाफहरुले तामनगरसम्मका यात्रुहरुलाई अपमान गर्ने, विद्यार्थी र वृद्धवृद्धाहरुलाई भाडा छुट नदिने, बिरामी,अपाङ्गता, वृद्धवृद्धा सुत्केरीहरुको पिरमर्का ख्याल नगर्ने, यात्रुहरुलाई जबर्जस्त कोच्ने, बसमा चढ्न नदिने र चढेका यात्रुहरुलाई अपमानपूर्वक ओह्राल्ने, तँ, तिमी भन्ने गरेको विषयमा विरोध गर्नको लागि केही दिनमा उक्त स्थानमा विरोध ¥याली निकाल्ने कुरा ६ वटै टोल समितिका अध्यक्षहरु सहमत भएका छन् । आगामी एक हप्तासम्मको लागि सुधार भए नभएको अनुगमन गर्ने र सुधार नभएमा प्रतिनिधि र प्रशासनलाई सूचना दिएर उक्त स्थानमा विरोध ¥याली गरिने बताएका छन् । आयोजकले विरोध कार्यक्रमलाई अत्यन्त अनुशासित र मर्यादित बनाएका थिए ।
कार्यक्रम समापन गर्दै झोलुङ्गपथ टोल विकास संस्थाका अध्यक्ष पिताम्बर भण्डारीले कार्यक्रममा जनताबाट निर्वाचित भई आएका जनप्रतिनिधि र नेपाल प्रहरीले यातायात उपभोक्ताको हितको पक्षमा गरेको सहयोगलाई प्रशंसा गर्दै उपस्थित सबै जनालाई यो न्यायिक अभियानमा साथ दिएकोमा धन्यवाद दिनुभएको थियो ।
बस भाडाविरुद्ध विरोध प्रदर्शन
on:
