सनिउल्ल धोबी
कपिलवस्तु, माघ ९ । कपिलवस्तुको शिवराज नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन् । शिवराज–१ शिवपुरमा बस र टिप्पर एक आपसमा ठोकिदा चालक सहित ४ जना घाइते भएका छन् । घाइतेहरुको चन्द्रौटा स्थिीत संजीवनि अस्पातलमा उपचार भईरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाईते हुनेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने बर्ष २ को पकंज चौधरी, बर्ष २६ को सुजता चौधरी, बस चालक ३८ बर्षिय तिर्थप्रसाद चौधरी र सोही ठाँउका बर्ष २४ बर्षीय शिशिर चौधरी रहेका छन् । घाइतेको आवस्था समान्य रहेको प्रहरीले जनाएको छ । बसमा १६ जना यात्रु सवार रहेका थिए ।
यसै गरि कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको फफुरी बोडिङ्ग स्कुलको बसको ठक्करले एक बालिका घाईते भएकी छन । आज विहान करिब ९ बजेर तिस मिनट जाँदा वडा नं ३मा बस्ने अजय त्रिपाठीको बर्ष ७ की छोरी अंशिका त्रिपाठी घाइते भएको प्रहरीले जनाएको छ । अंशिकाको अहिले बुटवलमा रहेको मर्सिसिटी अस्पातालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । फफुरी बोडिङ्ग स्कुलको लु २ ख २९६९ नम्बरको बसले ठक्कर दिएको थियो ।