नेपाल अटो मेकानिक्स ट्रेड युनियन रुपन्देहीद्धारा रक्तदान

मेचीकाली संवाददाता

३ श्रावण २०८०, बुधबार
152 shares

बुटवल । नेपाल अटो मेकानिक्स ट्रेड युनियन रुपन्देहीले २६ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवसको अबसरमा रगतको अभावबाट कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक कृष्ण घिमिरेले बताए । उनले स्थापना दिवसको अबसरमा साप्ताहिक कार्यक्रम अन्र्तरगत सरसफाई, रक्तदान, अनाथ तथा अपाङ्ग आश्रममालाई सहयोग लगायतका बिभिन्न कार्यक्रम गरिएको बताए ।

उक्त कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले बुटवलमा पछिल्लो समय रगतको अभाव हुंदै गएको बताए । दैनिक बिरामीको संख्या बढ्दै गएको हुँदा रगतको अभाव हुन थालेको उनको भनाई थियो ।

कार्यक्रम नेपाल अटो मेकानिक्स ट्रेड युनियन बुटवल उपमहानगर कमिटि अध्यक्ष गणेश भट्टराईको अध्यक्षता तथा सचिव तिलक पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।