भबिश्वर पाण्डे
कावासोती, माघ १० । पूर्बि नवलपरासीको हुप्सेकोट गाँउपालीकामा मात्रै यो बर्ष ७ किलोमिटर भन्दा बढी सडक कालोपत्रे हुदै छ भने ८ किलोमिटर सडकमा कालोपत्रेको लागी पूर्बधार निमार्ण गरिदै छ ।
गाँउपालिकाको ७० प्रतिशत लगानी र स्थानिय उपभोक्त्ताको ३० प्रतिशत लगानिमा हुप्सेकोट गाँउपालिकाको सडकहरु कालोपत्रे सुरु गरीएको हुप्सेकोट गाँउपालीकाको प्रमुख प्रशासकीय अधिकृत हरी पगेंनिले बताए ।
हुप्सेकोट गाँउपालिकाको ३ करोड ४६ लाख लगानि र २ करोड आठ लाख स्थानिय जनसहभागितामा करिब ५ करोड ५४ लाख ५० हजार बराबरको कालोपत्रे र कालोपत्रेकोलागी पूर्बधार निमार्ण कार्य सुरु भएको गाँउपालिकाको इन्जिनियर बिनोद अर्यालले बताए ।
अहिले यो बर्ष वडा नम्बर ३ को बेलुवा गिरुवारी सडक , अक्कल सिं सोतीको घर देखि रजालि टोल हुदै चौरङ्गी बुद्दचोक सम्म , वडा नम्बर २ को कोलिया खण्ड हात्तिगौडा बाटो , वडा नम्बर ४ मा गाँउपालिका कार्यालय जाने बाटो र जनकल्याण स्कुल देखि वडा नम्बर ४ जाने बाटो कालोपत्रे हुने र अन्य ५ वडा सडकहरु पनि कालोपत्रेको लागी पूर्बधार यहि बर्ष सम्पन्न गर्ने कार्य अघि बढेको हुप्सेकोट गाँउपालीकाको प्रमुख प्रशासकीय अधिकृत हरी पगेंनिले बताए ।