बुटवल, माघ १४ । प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही माघ २१ गतेदेखि बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी तीव्र पारिएको छ । मेला तयारीका क्रममा मेलास्थल बुटवलमण्डपमा आइतवार सचिवालय स्थापना गरी स्टल दर्तासहित स्टल निर्माण तथा अन्य तयारीका काम तीव्र पारिएको छ ।
६ दिनसम्म चल्ने मेलामा कृषि प्रविधि, उत्पादन, कृषक समूह तथा कृषिसंग सरोकार राख्ने करिब १ सय स्टल रहने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो । मेलाका अवसरमा कृषि केन्द्रित प्रतियोगिता, अन्तत्र्रिmया गोष्ठि र सचेतनाका कार्यक्रमहरु पनि आयोजना गरिने छ । मेलाको बुटवल उप–महानगरपालिकासहित छिमेकी नगरपालिकाहरुले प्रबद्र्धकको भूमिका निर्वाह गर्ने छन् ।
कृषि मेलाको तयारी तीव्र
on: