सुनकाण्डमा मुछिएका डिएसपी ठगबहादुर केसी बर्खास्त

मेचीकाली संवाददाता

१० श्रावण २०८०, बुधबार
120 shares

बुटवल । गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई नोकरीबाट हटाइएको छ ।

गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डिएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेका हुन् । डिएसपी केसीलाई नोकरीबाट हटाएको निर्णयको पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

डिएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने शर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुनसमेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको छ ।