सैनामैना, माघ १८ । सैनामैना नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा बजार अनुगमन र न्याय निरुपणका कामहरुलाई थप व्यवस्थित बनाउँदै विभिन्न महत्वका शंशोधनसहित ४८ वटा कानूनहरु बनाएको छ ।
नगरसभा र नगर कार्यपालिकाहरुबाट विभिन्न समयमा तयार भएका यी कानूनहरु प्रदेश र संघीय सरकारमा पनि पठाइएको छ भने यहाँ राजपत्रमा प्रकाशित भइसकेका छन् । नगरपालिकाको आवधिक र दीर्घकालीन तथा बहुवर्षे योजनाहरुसमेत छनौट गर्दै तिनको कार्यन्वयनका लागि विभिन्न कार्यविधिहरु बनाइएको छ । सबै वडाहरुमा छलफल र सुझाव संकलन गर्दै नगरको एकीकृत शहरी विकास योजना (आइयूडीपी) २०७५ समेत तयार पारिएको नगरका प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।
नगरकार्यपालिका, विषयगत समितिहरु हुँदै नगरसभामा पेश गर्दै व्यापक छलफल पश्चात यी कानूनहरु बनाइएको उहाँले जानकारी दिनुभयो । नगरसभाबाट ऐन, आचार संहिता, कार्यविधि, निर्देशिका तथा नियमावलीहरु पारित गर्नुअघि विषयगत समितिहरुमै विज्ञहरुसंग समेत परामर्श लिइएको प्रमुख कार्कीको भनाइ छ ।
सैनामैना नगरपालिकाको आर्थिक ऐन (संशोधन सहित) २०७४, सैनामैना नगरपालिकाको विनियोजन ऐन २०७४, सैनामैना नगरपालिकाको कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, सैनामैना नगरपालिकाको केही सार्वजनिक लिखत प्रमाणीकरण र प्रकाशन सम्बन्धी ऐन २०७४, सैनामैना नगरपालिकाको केही कानून तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन २०७४, सैनामैना नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ बनाएको छ ।
यस्तै फोहोरमैला व्यवस्थापन गर्न बनेको ऐन २०७४, शिक्षा ऐन २०७४, एफ.एम.रेडियो–व्यवस्थापन तथा सञ्चालन कार्यविधि) ऐन २०७४, सहकारी ऐन २०७४, सैनामैना नगरपालिकाको विपद् जोखिम न्यूनीकरण ऐन २०७५, सैनामैना नगरपालिकाको न्यायिक (कार्यविधि सम्बन्धी ) ऐन २०७५ पारित भईसकेको उपप्रमुख तथा न्यायिक समितिका संयोजक बिना रानाले बताउनुभयो ।
यस्तै सैनामैना नगरपालिकाको संस्था दर्ता ऐन २०७५, सैनामैना नगरपालिकाको आर्थिक ऐन (संशोधनसहित) २०७५, सैनामैना नगरपालिकाको विनियोजन ऐन २०७५, सार्वजनिक निजी साझेदारी ऐन, २०७५, अनाथ तथा जोखिममा परेका बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन २०७५, सैनामैना नगरपालिकाको स्थानीय विकास कोष सञ्चालन ऐन २०७५ , सैनामैना नगरपालिकाको सार्वजनिक सवारी साधन सञ्चालन तथा व्यवस्थापन ऐन, २०७५ पारित भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
विभिन्न समयमा बसेको नगर कार्यपालिका बैठकबाट २३ ओटा ऐन, नियम, कार्यविधि निर्देशिका पारित भएको छ । जसमा सैनामैना नगरपालिका नगर कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४, सैनामैना नगरपालिका नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४, शिक्षा नियमावली (संशोधनसहित), २०७४, सैनामैना नगरपालिकाको संस्था दर्ता नियमावली, २०७५, नगर कार्यपालिका बैठक सञ्चालन कार्यविधि, २०७४, टोल विकास संस्था सञ्चालन कार्यविधि २०७४, पदाधिकारीहरुको आचारसंहिता २०७४, बजार अनुगमन निर्देशिका २०७४, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सञ्चालन कार्यविधि २०७४ पारित गरेको छ ।
यस्तै राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७४, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४, नदीहरुबाट नदीजन्य पदार्थ उत्खनन, ओसारपसार तथा बिक्री वितरण गर्ने कार्यविधि २०७४, फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७५ पारित भएको प्रवक्ता रत्नबहादुर पौडेलले बताउनुभयो ।
यस्तै एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि, २०७५, सामुदायिक विद्यालयलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७५, सम्पत्ति कर तथा भूमिकर व्यवस्थापन कार्यविधि २०७५, नगर प्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०७५, विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७५, अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७५, सामुदायिक वन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५, अन्तर स्थानीय तह वारुणयन्त्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ रहेको नगरपालिकाका प्रवक्ता पौडेलले बताउनुभयो ।
सैनामैना नगरपालिकाले बनायो ४८ कानून
