नगेन्द्र केसी
भुजौली, माघ १८ । शुद्धोधन गाउँपालिका–५,मानपकडी चोकमा गण्डकी विकास बैंक लिमिटेडको ६७ औँ शाखाको एक समारोहबीच समुद्घाटन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । गण्डकी विकास बैंक लिमिटेडका संचालक वाशुदेव त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ का सभाषदको प्रमुख आतिथ्यतामा र शुद्धोधन गापाका अध्यक्ष किसुनचन्द चौधरीको विशिष्टतामा भएको समुद्घाटन भयो । प्रमुख अथितिद्वारा मानपकडी चोकमा रहेको भागवान् बुद्धको शालिकमा फुलमाला चढाइ र रिबन काटी गण्डकी विकास बैंकको समुदघाटन गरियो ।उक्त कार्यक्रममा सभाषद तुल्सी चौधरीले बोल्दै शुद्धोधन गापाको राजधानी मानपकडीमा बैंकहरुको आगमन भएकोमा विशेष गरी गण्डकी विकास बैंकलाई हार्दिक शुभकामना दिनुभयो । सो कार्यक्रममा शुद्धोधन गापाका अध्यक्ष किसुन चन्द चौधरीले कार्यक्रममा बोल्दै यश सुद्धोधन गापामा विशेष गरी गण्डकी विकास बैंकले ध्यानाकर्षण गरेकोमा धन्यवाद दिँदै कृषि र पशुपालनहरुको लगानीमा ध्यानाकर्षण गर्नका लागि आग्रह गर्नुभयो ।
व्यवसायहरुमा लगानी गर्न गण्डकी विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्न जोड दिनुभयो । उक्त कार्यक्रममा गण्डकी विकास बैंकका क्षेत्रीय प्रबन्धक मिलनकुमार पुनको स्वागत मन्तव्यमा भएको कार्यक्रममा गण्डकी विकास बैंकका (स.प्र.का.अ )ज्ञानेन्द्र पन्तले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । ज्ञानपुञ्ज विद्या मन्दिर व्यस्थपन समितिका अध्यक्ष शिवराम न्यौपाने, शुगापा ५ का वडा अध्यक्ष पुन्यराम गौतमलगायतले शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रम संंचालक गण्डकी विकास बैंक बुटवल चौरहा शाखाका जुनियर अफिसर आविष्कार खानलले जानकारी दिनुभयो ।