बुटवल, माघ २१ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा नेपालबाट शारीरिक सुगठन खेलमा सहभागी भई अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन सफल खेलाडीहरु लाई आइतबार बुटवल एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदी र बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले संयुक्तरूपमा सम्मान गर्नुभएको थियो ।
मगोलियामा सम्पन्न ९ औँ विश्व शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगितामा रजत पदक प्राप्त गर्ने सफल शारीरिक सुगठन खेलमा प्रथम महिला अन्तर्राट्रिय पदक विजेता खेलाडीका ननिता महर्जन र थाइल्यान्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन प्रतियोगिता स्वर्ण पदक जितेर नेपालको राष्ट्रिय ध्वजा फहराउन सफल खेलाडी महेश्वर महर्जनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सञ्चालन संघका सचिव राजकुमार श्रेष्ठले गर्नुभएको थियो । संघीय संरचनामा मुलुक प्रवेश गरेकाले संविधानको मर्म भावना अनुसार तीन तहका सरकारहरु ले मिलेर खेल र खेलाडी को विकास गर्दै विजेता खेलाडीहरु उचित सम्मान गर्नु पर्ने कुरामा प्रमुख अतिथि सुवेदीले जोड दिनुभयो ।
शारीरिक सुगठन पदक विजेतलाई सम्मान
