सामुदायिक वन दिवसको अवसरमा वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

मेचीकाली संवाददाता

२५ श्रावण २०८०, बिहीबार
217 shares

पार्वती आचार्य

कपिलवस्तु । सामुदायिक वन दिवस २०८० को अवसरमा वन व्यवस्थापन सम्बन्धि अन्तरक्रिया गरेको छ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा दिवस मनाइएको हो ।

कार्यक्रममा डिभिजन बन कार्यालय कपिलबस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण तथा प्रवद्र्धनबाट देशको समृद्धिमा योगदान पुग्ने बताउनु भयो ।

उहाँले सामुदायिक बनले काठ दाउराका लागि मात्रै नभएर दिगो उत्पादन र रोजगारी बढाउदै समृद्धी हांसिल गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक वन विकासको ऐतिहासिक पृष्ठभूमिको बिषयमा जानकारी दिदै डिभिजनल वन अधिकृत सुवेदीले सहभागिहरुले राखेका जिज्ञासाहरुको सुझाव दिँदै सामुदायिक वनहरुले कार्यतालिका बमोजिम काम गर्नुपर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं नेपालका अध्यक्ष रेनु सेनले बनको दिगोपन विकासले भविष्यका पुष्ताका लागि रोजगारीको अवसर सिर्जना गर्ने बताउउनु भयो । बनको संरक्षण र संवद्र्धनमा स्थानीय उपभोक्ता नै जागरुक भई समुदायको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहभागिका तर्फबाट त्रिशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठले बोल्दै बन जोगाउनमा स्थानीय सक्रिय हुनुपर्ने बताउनु भयो । कार्यक्रममा सव डिभिजन बन कार्यालय पिपराका सहायक शिव बहादुर केसीको स्वागत मन्तव्य तथा डिभिजन बन कार्यालय कपिलबस्तुका सहायक वन अधिकृत खिल बहादुर तामाङको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम डिभिजन बन कार्यालय कपिलबस्तुको आयोजना बाणगंगा १ बैरियाको मायाँदेवी रिसोर्टमा सम्पन्न कार्यक्रममा जिल्ला भित्रका सामुदायिक वनका पदाधिकारी तथा सदस्य लगाएत दुई सय जना भन्दा बढीको उपस्थिती रहेको थियो ।