रोट्रयाक्ट क्लव अफ बुटवल साउथको अध्यक्षमा खड्का

मेचीकाली संवाददाता

२७ श्रावण २०८०, शनिबार
499 shares

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल साउथको अध्यक्षमा सुविन खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न भएको २० औँ पद हस्तान्तरण कार्यक्रमा वर्ष २०२२/२३ का अध्यक्ष भुपेन पाण्डेले वर्ष २०२३/२४ का अध्यक्ष खड्कालाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष पाण्डेले वर्षभरी गरेका कार्यप्रगति एवम् सामाजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा पदभार ग्रहण गदै वर्ष २०२३/२४ का अध्यक्ष खड्काले निवर्तमान अध्यक्षले आगाडि सारेका नयाँ योजनालाई निरन्तरता दिँदै यो वर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि रोट्रयाक्ट ड्रिष्टीका डिआरआर रोशन कार्किले रोट्रयाक्ट क्लवहरुले सामजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । स्थानिय, प्रदेश र संघिय सरकारहरुले गर्नुपर्ने काम सामाजिक क्षेत्रमा स्थापित रोट्रक्याट क्लवहरुले गदै आएको उनले बताए ।

रोट्रक्याट क्लवहरुले गरिब, दुःखी, अनाथ असायहरुको क्षेत्रमा सक्दो सहयोग आएको बताए । बिशेषगरि युवाहरुको नेतृत्व बिकास, क्षमता बिकामसमा कार्यक्रमलाई उच्च प्राथाकितामा बिभिन्न खालका तालिमहरु सन्चालन गदै आएको उनले बताए । रोट्रयाक्ट क्लव अफ बुटबल साउथले बिगतदेखि सामाजिक क्षेत्रमा खेलेको भुमिका महत्वपूर्ण रहेको हुँदा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले रोट्रक्याट क्लव बुटलल साउथले सामाजिक क्षेत्रमा खेलेको भुमिका उल्लेखनिय रहेको बताउँदै यस क्लवसँग सहकार्य गरि बिभिन्न खालका कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य, रोटरी क्लव बुटवल साउथका अध्यक्ष सारदा पंगेनी, रोट्रयाक्ट डिष्ट्रीकका डिआरआर इलेक्ट बिक्रम क्षेत्री, यादव भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष सुविन खड्काको अध्यक्षयता, ईलेक्ट अध्यक्ष सुदिप पौडेलको स्वागत तथा सचिव नविन खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।