भास्करानन्द माया शर्मा पत्रकारिता पुरस्कार केसीलाई

मेचीकाली संवाददाता

२ भाद्र २०८०, शनिबार
186 shares

भैरहवा । शिक्षाविद् विएन शर्माद्वारा स्थापित भास्करानन्द माया शर्मा पत्रकारिता पुरस्कार –२०८० समता टेलिभिजनका सम्पादक नरेश केसीलाई प्रदान गरिएको छ ।

एक कार्यक्रमकाबिच अक्षयकोषका संस्थापक शिक्षाविद शर्माले पत्रकार केसीलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरेका हुन् । शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट लुम्बिनी प्रेस क्लबको सिफारिसमा उक्त पुरस्कार केसीलाई प्रदान गरिएको हो ।

सामुदायिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु र पत्रकारलाई विगत ७ बर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको भास्करानन्द माया शर्मा अक्षय कोष शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै धेरै राशि भएको ठुलो अक्षय कोष मानिन्छ ।

पुरस्कृत भएपछि लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्षसमेत रहेका केसीले शिक्षामा गरेको लगानि अजर र अमर हुने भन्दै रुपन्देहीको दक्षिणी क्षेत्रको शैक्षिक विकासमा विएन शर्माको योगदान अतुलनिय र अजर रहेको बताए ।

उनले आफुले प्राप्त गरेको पुरस्कार रकम मध्ये ५० प्रतिशत रकम लुम्बिनी प्रेस क्लबद्वारा स्थापना गरिएको पत्रकारिता कल्याणकारि कोषमा प्रदान गर्ने घोषणा समेत गरे । उक्त पुरस्कार यसअघि पत्रकारहरु दिपेश पछाई, सम्झना शर्मा, अरुण ज्ञवालि, माधब न्यौपाने, रबिन्द्र गुप्ताले प्राप्त गरिसकेका छन् ।

छात्रावृति तथा पत्रकारिता पुरस्कार बितरण पछि अक्षयकोषका संस्थापक विएन शर्माले आफ्नो जिवनको सबैभन्दा ठुलो खुसि अक्षयकोष स्थापना र त्यसबाट हरेक बर्ष विद्यार्थीलाई छात्रवृत्ति र पत्रकार पुरस्कार प्रदान गर्न पाउनु भएको बताए । कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रमुख, विभिन्न विद्यालयका प्राधानाध्यापकहरुको आतिथ्यता रहेको थियो ।