बाँझो जमिन र घरेलु उद्योगको विकासलाई प्राथमिकता दिनुपर्छः क्षेत्री

मेचीकाली संवाददाता

५ भाद्र २०८०, मंगलवार
251 shares

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बामदेब क्षेत्रीले जनताको जीवनस्तरलाई माथि उठाउनका लागि बाँझो जमिन र साना घरेलु उद्योगको विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पार्टीले सञ्चालन गर्न लागेको ३ महिने अभियानको पुर्वसन्ध्यमा मंगलबार सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता क्षेत्रीले यस्तो बताएका हुन् । नेता क्षेत्रीले पार्टीले इतिहास परिवर्तनको जग बसालेर देशमा संघीय लोकतन्त्र गणतन्त्र स्थापना भएतापनि गणतन्त्रलाई धरापमा पार्न र माओबादी आन्दोलनलाई कमजोर बनाएर देशमा परिवर्तन उल्टाउनको लागि विदेशी शक्ति निरन्तर लागि परेको बताए ।

अभियानको अर्घाखाँची संयोजकसमेत रहेका नेता क्षेत्रीले संसदमा समेत अघोसीत रुपमा नाकाबन्दी भएको बताउँदै माओबादीले अब ‘जनजनमा माओबादी घर घरमा माओबादी’ भन्ने नारासहित जनताका पिर मर्का दुखलाई बुझेर २०६४ सालको जस्तो माओबादी बनेर देशमा जनतालाई सुशासनको प्रत्याभुति दिलाउनले बताए । भ्रष्टाचार रहित देश बनाउने अभियानमा लाग्ने बताउँदै उनले माओबादीले सबै नेताको सम्पति छानविनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

एक फरक प्रसगमा पार्टी ठुलो नभई कमिटि ठुलो भएकोले सुधारिएको पार्टी बनाउनको लागि अभियान सञ्चालन गरेको जानकारी गराए । शान्तिप्रक्रिया पछि माओबादीको यो अभियान पहिलो भएको बताउँदै सबैको सल्लाह सुझाबलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओबादीका केन्दीय सदस्य तथा संस्कृति तथा पर्यटन राज्यमन्त्री शुशिला श्रीपाली, गोेविन्द केसी, निम बहादुर पाण्डे, सरस्वता न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । ३ महिने अभियानमा अर्घाखाँचीमा १० हजार पार्टी सदस्यता पु¥याउने, बाझो जमिनको तथ्याक एकिन गर्ने, बेरोजगारको तथ्याक एकिन गर्ने, उद्योगको सम्भाबनाको अध्यनन गर्ने, सहिद परिबार, घाइते परिबार, बेपत्ता परिबार ध्रुबिकरण र एकीकरणलाई तिब्रता दिने सरकारका राम्रा र नराम्रा कामको बारेमा जानकारी लिने माओबादीले जनाएको छ । कार्यक्रम जिल्ला संयोजक राजेन्द्र भुसालको अध्यक्षता नगर अध्यक्ष कृष्णहरि भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।