सियारीमा प्रमुख प्रशासकिय अधिकृतको विदाइ तथा स्वागत

मेचीकाली संवाददाता

१७ भाद्र २०८०, आईतवार
108 shares

तुलसीराम पौडेल
सियारी, भाद्र १७
रुपन्देहीको सियारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलाई विदाइ तथा ॠषिराम पन्थिलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ।
सियारी गाउँपालिकाबाट सरुवा भएर अर्घाखाँची स्थित पाणिनी गाउँपालिकामा जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलाई विदाइ र प्रदेश कार्यालयबाट सरुवा भएर सियारी गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थिलाई स्वागत गरिएको हो ।गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेबाट सियारीको विकास निर्माणमा उल्लेखनीय योगदान पुगेको बताउनु भएको थियोे ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा चौधरीले रोमनाथ न्यौपानेको कार्यकालमा जनप्रतिनिधिलाई काम गर्न सहज भएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कर्मचारी सरुवा नेपाल सरकारको नियमित प्रक्रिया भएको र आफ्नो जन्मभुमि पाणिनी गाउँपालिकाको सेवा गर्ने अवसर प्राप्त भएको बताउनु भयो ।आफ्नो कार्यकाल सफल बनाउन कर्मचारी तथा जनप्रतिनिधिबाट प्राप्त हुने सहयोगमा कुनै पनि किसिमको कमि नभएको बताउनु भयो। हाल सियारी गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थिले सबै सग समन्वय गरेर आफ्नो सफल कार्यकाल हुने बिश्वास व्यक्त गर्नुभयो ।लेखा शाखा प्रमुख नारायण पौडेलले प्रमुख प्रशासकीय अधिकृत रोमनाथको कार्य कुशालताले गर्दा नै बजेट खर्च गर्नमा र सबभन्दा कम बेरुजु हुनमा सियारी गाउँपालिका रुपन्देहीमा प्रहिलो भएको बताउनु भयो ।कार्यक्रममा जिल्ला समन्वय रुपन्देहीका सदस्य बिष्णु माया जैसवाल, कार्यपालिका सदस्य अन्जु रोकाह ,प्रशासन शाखा नासु चिरञ्जीवी गौतम लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षता, प्रबक्ता एवं वाड नम्बर -७ का वडा अध्यक्ष दिपक बहादुर शाहीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सन्चालन योजना प्रमुख रोमलाल पुरीले गर्नुभएको थियोे ।