लिटल फ्लावर्समा तिज मिलन तथा अभिभावक अभिमुखिकरण

मेचीकाली संवाददाता

२४ भाद्र २०८०, आईतवार
634 shares


तुलसीराम पौडेल —
फर्साटिकर, भाद्र २४
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्स अङ्ग्रेजी माविमा तिज मिलन तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले एक कार्यक्रमका बीच तिज मिलन तथा अभिभावक अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्नुभयो।सो अवसरमा उहाँले बालबालिकाहरुको भविस्य सफलताको लागि सबैभन्दा उत्तरदायित्व अभिभावक नै भएको बताउनु भयो । विद्यालयका प्राचार्य दिल कुमारी फौदारले अभिमुखिकरणबाट अभिभावकले आफ्ना बालबालिका प्रतीको जिम्मेवारी व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।
अभिभावक अभिमुखीकरण कार्यक्रमको सहजीकरण प्रमुख प्रशिक्षक डाक्टर दिपेन्द्र पोखरेलले गर्नु भएको थियो ।अभिमुखिकरण कार्यक्रममा अभिभावकले आफ्ना बालबालिकालाई सबभन्दा पहिला असल संस्कारयुक्त व्यक्ति बनाउनुपर्नेमा जोड दिइएको थियोे ।साथै एक असल अभिभावकले आफ्ना बालबालिकाको भविस्यको लागि खेल्नुपर्ने महत्त्वपूर्ण भुमिकाको बारेमा दर्शाइएको थियो ।विद्यालयका प्राचार्य दिलकुमारी फौदारको अध्यक्षता, शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यता ,शिक्षक लक्ष्मी केसिको स्वागत मन्तव्य , अभिभावक सुनिता थापाको मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिक्षक लक्ष्मी खरेलले गर्नुभएको थियो ।