बुटवल, चैत ९ । बुटवल–७ स्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा एवं महिला तथा प्रसुती रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रम वडाध्यक्ष कमलप्रताप थापाको प्रमुख आतिथ्यतामा सम्पनन भएको हो ।
कार्यक्रममा सहकारी शिक्षा सम्बन्धी सहकारीविद् खगराज शर्माले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै महिला रोग तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मिला शर्माले महिला तथा प्रसुती रोग सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
संस्थाका अध्यक्ष चरण तिमिल्सेनाको अध्यक्षता भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज अमगाईंको स्वागत रहेको थियो भने कार्यक्रमको संचालन सचिव कल्पना थापाले गर्नुभएको थियो । सरकारीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
पुष्पमा सहकारी शिक्षा र स्वास्थ्य प्रशिक्षण
