राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
219 shares

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवासहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे ।

नेम्वाङलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो । शोक मनाउन आज सार्वजनिक बिदा पनि दिइएको छ ।