वालिङमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

मेचीकाली संवाददाता

३१ भाद्र २०८०, आईतवार
121 shares

मुक्ति न्यौपाने
वालिङ। स्याङ्जाको वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगरपालिका ९ भुम्रेस्थित सामुदायिक भवनमा अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगितामा सत्र टिमको सभागिता रहेको आयोजकले बताएको हो।

प्रतियोगितामा पिसजोन ईन्टीग्रेटेड एकेडेमी ए समुह प्रथम, भुपूसैनिक मावि द्वितीय, पिसजोन इन्टीग्रेटेड एकेडेमीकै बि समूह तृतीय, पुर्णामृत भवानी मावि सान्त्वना र अर्मादी आवसीय मावि पाँचौ भएका छन् । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नंं ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बुद्धिचाल खेललाई प्राथमिकता दिनुपर्ने बताए । मतिष्कको विकास गर्ने यस्ता प्रकारका खेलहरुलाई स्थानीय तहबाट समेत प्राथमिकतामा राखेर समय समयमा यस्ता प्रतियोगिताको आयोजना गर्दा खेलाडीलाई थप प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।

समापन कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष केपि खनालले सधैं उपेक्षा गरिएको बुद्धिचाल खेललाई अगाडि ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । यस्ता प्रतियोगिताहरु मार्फत बौद्धिक बिकासमा सहयोग पु¥याउने बुद्धिचाल खेललाई अगाडि ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । योसँगै गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले जानकारी गराए ।

मानसिक चिन्ता र गणना शक्ति बढाउने अनुसन्धानले देखाएको र मश्तिष्कलाई पनि सक्रीय राख्न बुद्धिचाल खेलले मदत गर्ने भएकाले पनि यो खेल खेलाउन आवश्यक रहेको आयोजक वालिङ नगर बुद्धिचाल संघका अध्यक्ष गणेश तिवारीले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गरेका छन् ।

कार्यक्रममा १२ वटा विद्यालयका १७ टीमले सहभागिता जनाउका थिए । प्रत्येक टीममा ३ जना रहेका थिए भने लिग सिस्टममा खेलाईएको थियो । अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता वालिङ नगरपालिकाले प्रायोजनमा सञ्चालन भएको हो ।