बाणगंगाका व्यवसायीहरुलाई खाद्य सुरक्षासम्बन्धि प्रशिक्षण

मेचीकाली संवाददाता

४ आश्विन २०८०, बिहीबार
284 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाका व्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजना र खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।

उक्त प्रशिक्षण कार्यक्रम बाणगंगा नगरपालिका अन्तरर्गतका होटल व्यवसायी, मिष्ठान पसल , केक, पाउरोटी उद्योग, किराना तथा होलसेल, आइसक्रिम उद्योग, मासु पसल, फ्रेश हाउस, चना चटपट, फुल्कि चाट सम्बन्धि संचालन गर्दै आएका उद्योगी व्यवसायिहरुलाई दिईएको हो ।

कार्यक्रमका प्रमुख अतिथी कर दाता सेवा कार्यालय तौलिहवाका प्रमुख सुरेश वरालीले खाद्य बस्तु उत्पादन सगै व्यापारमा ध्यान पुराउन सके मात्रै सफल व्यावसायि हुने बताउनु भयो । व्यवसायिले व्यापार गर्दा ध्यान पुराउनु पर्ने र म्याद सकिएका खाद्य पदार्थको विशेष ख्याल गर्नु पर्नेमा जोडदिनु भयो । साथै खाद्य सुरक्षामा सबैको ध्यान जान जरुरी रहेको करदाता सेवा कार्यालयका प्रमुख बरालीको भनाई छ ।

यस्तै कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम धिमिरेले कपिलबस्तुमा रहेका बिभिन्न व्यापारीको सहभागि गराउदै उत्पादन गरेका बस्तु कसरी शुद्ध बनाएर बजार सम्म पुराउन सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहालले सहभागिहरुले उठाए जिज्ञासाहरुलाई प्रष्ट पार्दै खाद्यन्न उत्पादन, वितरण, उपलब्धता, पहुँच एवं उपयोगको ज्ञान सबै हुन आवश्यक भएको बताउनु भयो । खाद्यन्नमा पहुँच र त्यसको पोषण तत्व कायम राखेर स्वच्छ तरिकाले कसरी उत्पादन गर्ने भन्ने बिषयमा व्यवसायीहरुले जान्न आवश्यक भएको दाहालको भनाई छ ।

यसैगरी खाद्य निरीक्षक सरोज खनालले खाद्य ऐन २०२३, नियमावली २०२७, खाद्य लेवल, खाद्य अनुज्ञापत्र , दण्ड सजाय र खाद्य स्वच्छता लगाएतको बिषयमा सहजीकरण गर्दै सोको उद्देश्य , परिभाष र दुषितखाद्य पदार्थ र न्यूनस्तरको खाद्य पदार्थको बिषयमा सहभागिहरुलाई प्रष्ट्याउनु भएको थियो । यस्तै अनुज्ञापत्र दस्तुर र अनुज्ञापत्र जफत तथा उत्पादनमा रोक लगाउने बिषबारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका कम्प्यूटर अप्रेटर श्रवण कुमार सैनीले उद्योग र वाणिज्य फर्म दर्ता नविकरण नामसारि, नाम परिवर्तन, पूजीबृद्धि ठाउँसारी ,खारेजी, कारोबार थप, नवीकरण गर्न तथा उद्योग र वाणिज्य अनुगमन गर्ने कार्य कार्यालयले गर्दै आएको बताउनु भयो । व्यवसाय संचालनका लागि रु. ५ लाख रुपैंया सम्म स्थानीयतहमा दर्ता गरी व्यवसाय गर्ने प्रावधान भएको र रु. ५ लाख रुपैया भन्दा माथि व्यवसाय गर्न चाहाने व्यवसायीहरुले घरेलु तथा साना उद्योग कार्यालयमा फारम दर्ता गर्नुपर्ने जानकारी दिनुभयो ।

स्थानिय तहले व्यवसाय दर्ता गर्छ भने घरेलु तथा साना उद्योग कार्यालयले फारम दर्ता गर्दछ । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा , जिल्ला प्रशासन कार्यालय , स्थानिय निकायका प्रतिनिधिहरु , खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय , उद्योग बाणिज्य संघ र पत्रकारको उपस्थितीमा जिल्लाका दश स्थानियतहहरुमा अनुगमन भएको सैनीले बताउनु भयो ।

कार्यक्रममा मेचिकाली राष्ट्रिय दैनिकका संवाददाता तथा इन्सेक प्रतिनिधि पार्वती आचार्यले खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुले ठुला उद्योग व्यवसायीहरुहरुको छड्के अनुगमन गर्न आग्रह गर्नुभयो । चाडपर्वहरु नजिकिदै गएको हुँदा मिठाईका परिकारहरुमा धेरै नै मिसावट हुने र अन्य खाद्यान्नहरुमा समेत उपभोक्ताहरु ठगिने भएको हुँदा सो को अनुगमन र नियमन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागि व्यवसायीहरुले जिल्ला बाहिरदेखि आयात हुने सामाग्रीहरुले स्थानिय व्यापारीहरु धरासायी भएको गुनासो गरेका छन् । पछिल्लो समयमा आईसक्रिम लगाएतका सामाग्रीहरु जिल्ला बाहिर देखि ल्याई बिक्रिबितरण गर्ने व्यवसायीहरुले गर्दा स्थानिय उत्पादन सुक्दै गएको व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुले लामो समय सम्म व्यापार गर्दै आएको भएपनि जानकारी मुलक कार्यक्रममा सहभागि हुन नपाउदा खासै व्यापार गर्ने बिधि थाहा नभएको बताएका छन् ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि अधिकृत धनिराम आचार्य , कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल , नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य देविराम पाण्डे , होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल, सुरक्षाकर्मी , संचारकर्मी , कार्यक्रम संयोजक ईन्दिरा तिमिल्सिना , व्यवसायीहरु लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन संघका महासचिव मनोज पौडेलले गर्नु भएको थियो ।