मनाइयो ४४ औँ सामाजिक सेवा दिवस

मेचीकाली संवाददाता

५ आश्विन २०८०, शुक्रबार
343 shares

कपिलवस्तु । नेपाल नेत्रज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको आयोजनामा ४४ औं सामाजिक सेवा दिवस भब्यताका साथ मनाइएको छ । “दिगो बिकास राष्ट्रिय प्रतिबद्धता, लक्ष्य प्राप्तीमा संघसंस्थाको सहभागिता” भन्ने मुल नाराका साथ ४४ औं सामाजिक सेवा दिवस मनाइएको हो ।

४४ औं सामाजिक दिवसको अवसरमा अस्पतालले ५५ जना मोतिविन्दुका शल्यक्रिया गरिएका विरामीहरुलाई फलपूmल वितरण गरेको छ । अस्पतालका नेत्र विशेषज्ञ डाक्टर दिक्षा प्रधान, डा.आरधना पोखरेल, रमेश बिष्ट, साबित्रा के.सी. लगायतले बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।

त्यसैगरी सामाजिक सेवा दिवसकै अवसरमा अस्पतालले निःशुल्क विद्यालय आँखा जाँच कार्यक्रमको समेत आयोजना गरेको छ । श्री गोरखनाथ एकेडेमी कृष्णनगर ८, बहादुरगंजमा गरिएको निःशुल्क आँखा जाँच कार्यक्रममा ४ सय ४६ जना छात्र छात्राहरुको आँखा जाँच गरिएको थियो । जसमा ११ जनाले चश्मा लगाउनु पर्ने विद्यार्थी फेला परेको नेत्रसहायक प्रतिक्षा रावलले जानकारी दिए ।

समाज कल्याण परिषदले हरेक बर्ष असोज ५ र ६ गते सामाजिक सेवा दिवस मनाउनको लागि संघ, प्रदेश र स्थानीय तहमा रही कार्यरत सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संघसंस्थाहरु, नागरिक समाज, समाजसेवी तथा सम्बद्ध सरोकारवालाहरु लाई विभिन्न कार्यक्रमहरुको आयोजना गरि भब्य रुपमा मनाउन अनुरोध गरे अनुरुप सो दिवस मनाइएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।