सशक्त बचत तथा ऋण सहकारीको साधारणसभा

मेचीकाली संवाददाता

१८ आश्विन २०८०, बिहीबार
168 shares

बुटवल । बुटवलस्थित सशक्त वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता तथा बचत तथा ऋर्ण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नेपालले अर्थतन्त्रलाई चलाएमान बनाउन सहकारीहरुको महत्वपूर्ण रहेको बताउँदै उत्पादनमूलक क्षेत्रमा अव सहकारीले लगानी केन्द्रित गर्न आवश्यक रहेको बताए ।

सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवलमा आएका केही आयातित सहकारीले बचतकर्ताको रकम जोखिममा पारे पनि शसक्त सहकारी सधै बलियो रहेको बताए । स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरी शेयर सदस्यहरुको व्यवसायिक क्षमता वृद्धि गर्दै सहकारी अघि बढेको चौहानले बताए ।

सहकारीमा धेरैजसो हाटबजार व्यवसाय गर्ने साना व्यवसायी रहेका छन । स्थानीय स्तरमा छरिएर रहेको सानो सानो पूँजीलाई बचतको माध्यामबाट एकीकृत गरी त्यसैको परिचालनबाट संस्थामा संलग्न गरेर शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरको विकास सँगै आत्मर्निभर बनाउने उद्देश्यले २०६५ मा सहकारी स्थापना भएको हो । साधारणसभाले सम्पूर्ण प्रतिवेदन पारित गरेको छ ।

२५ जना शेयर सदस्य बाट सुरु भएको सहकारी १ हजार ३८ जना पुगेका छन् । सहकारीले १२.६६ प्रतिशतले बचत वृद्धि गरेको छ । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष प्रकाश खनाल, सल्लाहकार दामोदर पाण्डे, लेखा समितिका संयोजक बाबुराम पोखरेल, सञ्चालक समिति सदस्य दीपक पन्थी, सहसचिव कृष्ण पौडेल लगायतले बोलेका थिए । उपाध्यक्ष भीमलाल ज्ञवालीको स्वागत तथा सचिव इश्वरी प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।