हाम्रो जागृति सगरमाथा सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२१ आश्विन २०८०, आईतवार
168 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा संस्थापक अध्यक्ष यवकुमारी कार्र्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

अध्यक्ष पाण्डेले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित गरी थप उचाइमा पु¥याउन सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक पर्ने उनले बताए । समाजमा छरिएर रहेको स–सानो पूँजीलाई संकलन गरि सदस्यहरुबीच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधि युक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने अध्यक्ष पाण्डेको भनाइ थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद गैरेले आय विवरण तथा चालू आवको अनुमानित आयव्यय पेश गरेका थिए भने लेखा समिति संयोजक विष्णुप्रसाद पौडेलले संस्थाको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण समेत गरेको जनाइएको छ ।

कार्यक्रममा शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीमध्येबाट डाक्टर उपाधि, प्लस टुमा उत्कृट नतिजा ल्याउने तथा असल ऋणीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक गुरुप्रसाद पौडेल, सल्लाहकारहरु टंकप्रसाद पौडेल, डिलुराम तिवारी पूर्वअध्यक्ष वेलप्रसाद शर्मालगयाताले बोल्दै संस्थाले प्राप्त गरेको सफलताको उच्च कदर गर्दै आगामी भविष्यमा वित्तीय सामाजिक क्षेत्रमा पूर्ण सफलता र प्रगतिको शुभकामना दिएका थिए ।

हाल सहकारीमा १ हजार ६४९ जना शेयर सदस्य रहेका छन् । साधारणसभाले २५ करोड ७३ लाख ८२ हजार ५६३ रुपैयाँ बराबरको वासलात अनुमोदन गरेको छ । ३ करोड ३५ लाख ६५ हजार ५ सय शेयर पुँजी रहेको संस्थाले खुद नाफा ६९ लाख ५० हजार ५३० गरेको छ । संथाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत तथा सचिव तोलाकान्त डुम्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।