मधुवन सामुदायिक वनको १८औं वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२७ आश्विन २०८०, शनिबार
169 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिका–८ मधुवनस्थित मधुवन सामुदायिक बन उपभोक्ता समूहको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले बन आम्दानीको श्रोत भएको हुँदा यसको संरक्षण र सम्वद्र्धनका लागि उपभोक्ताहरु सक्रिय हुन आवश्यक भएको बताउनु भयो । पन्ध्र हजार क्यूफुट काठ हावामा उडेर गएको हुँदा उपभोक्ता समितीले हावामा उडिरहेको पैसालाई हाता पार्ने बिभिन्न तरिकाहरुको बिषयमा जानकार भएपछि पछिल्लो समयमा वनले केही फाईदा ल्याउन सफल भएको बताउनु भएको हो ।

सो अवसरमा रुख काट्ने , उमार्ने र जोगाउने कार्य पनि वनको भएको हुँदा स्थानिय जनता र उपभोक्ताहरु वन संरक्षणमा लाग्नु पर्नेमा जोड दिनु भयो । रुखलाई जोगाउने बाहेकका अन्य कार्यहरु गरेमा सिधै वनलाई अतिक्रमण गरेको मानिने भएको हुँदा वनलाई जोगाउन आग्रह गर्नुभयो । कहिलेकांहि बनमा नियम विपरित कार्यहरु गर्दा कानुनी बाधा अड्चनहरु आईपर्ने हुँदा कानुन , विधि र विधानलाई नमिचिकन मर्यादालाई ख्याल गरेर कार्यहरु अगाडी बढाए कानुन रहित हुने बिश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा सबै एकजुट भए सामुदायिक बनबाट धेरै कुराहरुको समाधान गर्न र निर्माण गर्न सकिने छ । वनलाई प्रावकारी रुपमा व्यवस्थापन गर्न सके रोजगारको समेत व्यवस्थापन हुने छ र प्रकृतिलाई संरक्षण गरे उस्ले पनि मानव जिवनलाई संरक्षण गर्ने छ त्यसकारण पारदर्शिताका साथ वन व्यवस्थापन गर्न समितीलाई आग्रह गर्नुभयो । समूहले उदाहरणीय कार्य गरेको भन्दै प्रशशंसा गर्नु भएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले संघ , प्रदेश र स्थानिय ऐनमा नबाझ्ने गरी वनलाई संरक्षण गर्दै जाने हो भने आम्दानीको श्रोत बृद्धि बढने बताउनु भयो । स्थानिय सरकार र सामुदायिक बनको समन्वयले यस ठाउँको बिकासका लागि स्तम्भहरु बन्ने भएको हुँदा सामुदायिक बन उपभोक्ता समूह र स्थानिय तहको समन्वय हुन आवश्यक भएको बताउनु भयो । यस्तै छाडाचौपायाहरुको व्यवस्थापन गर्नका लागि नगरपालिकाले ९ सदस्यिय समिती गठन गरेको छ । छाडाचौपायाहरुको अल्पकालिन र दृर्घकालिन व्यवस्थापनको लागि नगरपालिका लागि परेको हुँदा कृषि र पशुपालनमा बिषेश ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वैज्ञानिक बनमा सरकारले एक्कासी रोक लागाए पछि सडक देखि सम्बन्धित निकाय सम्म पुगेर शान्तिपूर्ण आन्दोल सहित मागहरु गर्दै संघर्षका बावजुद वैज्ञानिब वन व्यवस्थापन सफल भएको बताउनु भयो । सरकारलाई चुनौती दिएर अगाडी बढ्दै जाँदा हाल वास्तवमा पहिलो वन व्यवस्थापन गर्न सफल हुनु सबैको गर्वको बिषय भएको महासंघका केन्दिय वरिष्ठ उपाध्यक्ष रेग्मीको भनाई छ । वन संरक्षण गर्न उपभोक्ताहरुको अहंम भूमिका रहेको हुँदा वन व्यवस्थापनमा सबै जागरुक हुनुपर्नेमा जोड दिनु भयो ।

सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शान्त बिक्रम पौडेलले ०७९/०८० को वाषर््िाक प्रतिबेदन र चालु आर्थिक बर्ष ०८०/०८१ को अनुमानित बजेट रु. ३ करोड ९३ लाख ५५ हजार रुपैंया र निती तथा बार्षिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

सम्पदाको दिगो , व्यवस्थापन स्थानिय उपभोक्ताबाटै गर्न भन्ने नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारको अनुरुप कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको ४५०.६३ हेक्टर क्षेत्रफल फैलिएको राष्ट्रिय मधुवन साुदायिक वनको रुपमा व्यवस्थापन गर्दैै आएको बताउनु भयो । यसैगरी आर्थिक बर्ष ०७९/०८० मा बिभिन्न जातका ढलापडा रुख २ सय र पुनरउत्पादन क्षेत्रफल गरी जम्मा ४३९ रुखहरु छपान कटान गरी घाटगद्दी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले प्रस्तुत गर्नु भएको थियो । यस्तै राज्यले पटक पटक निर्धारण गर्ने दोहोरो र चर्को करले सामुदायिक वनहरु मारमा परेको अध्यक्ष पौडेलले बताउनु भयो ।

यस्तै समूहहका सचिव अनिता थापाले ०७९/०८० को वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै १ हजार ३५ घरधुरी संख्या उपभोक्ता रहेको जसमा महिला १ हजार ९ सय ३५ जना र पुरुष १ हजार ९ सय ९४ जना रहेको जानकरी दिनु भएको थियो । ०७९/०८० को वार्षिक प्रगती प्रतिबेदन समूहका कोषाध्यक्ष सरिता अर्यालले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपभोक्ता सदस्यबाट सुसिल कुवर, बिभिन्न संघ संस्थाबाट चक्र बहादुर भण्डारी, छिमेकी सामुदायिक बनबाट सुष्मा खाण लगायतले १८औं बार्षिक साधारण सभाको शुभकामना सहित आ आफ्नो धारणा राखेका थिए ।

मधुवन सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शान्त बिक्रम पौडेलको अध्यक्षतामा उपाध्यक्ष सालिकराम भुषालको स्वागत मन्तव्य तथा सचिव अनिता थापाको संचालनमा सम्पन्न कार्यक्रममा बार्षिक साधारण सभामा सामुदायिक बन उपभोक्ता समूहका पदाधिकारीहरु , वडा सदस्यहरु , छिमेकी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष , वनका पूर्व अध्यक्ष , वनका सल्लाहकार , लेखा समितीका संयोजक , बिद्यालयका प्रधानाध्यापक, शिवपार्वती खानेपानीका अध्यक्ष, टोल विकास संस्थाका अध्यक्ष , बिद्यालयका शिक्षक , समाजसेवी बुद्धिजिवी , प्रहरी , संचारकर्मी , युवा क्लव र आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सामुदायिक बनले उत्कृष्टि उपभोक्ता, कार्यसमिती र चौकिदारलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको समहरुका सह सचिव तुल्सीराम पौडेलले बताउनु भयो ।