सहर्ष सहकारीको १३ औं साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न ।सहकारीको अध्यक्षमा बिष्णु गौतम

मेचीकाली संवाददाता

२८ आश्विन २०८०, आईतवार
455 shares

तुलसी राम पौडेल
शुद्दोधन ,असोज २७
रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर २ भुजौली स्थित सहर्ष बचत तथा ॠण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भयो । सम्पन्न १३ औ साधारण सभा तथा ५ औ अधिवेशनले बिष्णु गौतमको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा मनोज गुरुङ ,सचिवमा देवराज पौडेल र कोषाध्यक्षमा बेनुका गौतम सापकोटा रहनु भएको छ।
त्यसै गरि सदस्यहरुमा यदुनन्दन गौतम ,देविराम मरासिनी ,रामप्रसाद तेली गुप्ता ,कुलानन्द थारु र सीता शर्मा सापकोटा सर्वसम्मत चयन हुनुभएको छ।लेखा समिति संयोजकमा खिमानन्द भुसाल , सदस्यहरुमा इन्द्रा क्षेत्री र यम घर्ती मगर सर्वसम्मत हुनुभएको छ।
साधारण सभा तथा अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले हाम्रो समाजको आर्थिक गतिविधिलाई सहकारीले थामेको बताउनु भयो ।साथै उहाँले मन मिल्ने सहकारीहरु मर्ज गरि पुजीको वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।जिल्ला समन्वय रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईंले सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक उन्नतिका लागि नयापन ल्याउने खालका कार्यक्रमहरु ल्याउनु
पर्ने बताउनु भयो ।शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले सहकारीले आयोजना गरेका चेतनामुलक कार्यक्रमहरुलाई शुद्दोधन गाउँपालिकाले सहकार्य गर्ने बताउनु भयो । कार्यक्रममा शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली , गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।साधारण सभाले आर्थिक बर्ष २०७९/८० को ११ करोड ,५ लाख ७४ हजार ३ सय ४७ रुपैया ८० पैसा बराबरको आय व्यय बराबरको आयव्यय पारित गरेको छ।
कार्यक्रम सहकारीका निवर्तमान अध्यक्ष दलबहादुर श्रीसको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष दलबहादुर श्रीसबाट संचालक समितिका संस्थागत प्रतिवेदन एवं निति तथा कार्यक्रम प्रस्तुत ,सहकारीका सचिव देवराज पौडेलबाट संस्थाको प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष देविराम मरासिनीबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक खिमानन्द भुसालबाट लेखा समितिको प्रतिवेदन प्रस्तुत रहेको थियोे ।
सहकारीका निवर्तमान उपाध्यक्ष दशरथ चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव देवराज पौडेलले गर्नुभएको थियो ।