श्री लोक सागरको साधारण सभा तथा अधिवेशन

मेचीकाली संवाददाता

१८ कार्तिक २०८०, शनिबार
187 shares


तुलसीराम पौडेल —–
रुपन्देही ,कार्तिक १८
श्री लोक सागर सामाजिक उद्दमी सहकारी संस्था लिमिटेड शुद्दोधन -३ रुपन्देहीको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो।जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईंले साधारण सभा तथा अधिवेशनको एक कार्यक्रमका बिच उद्द्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले सहकारीले शेयर सदस्यहरुको लागि सीप सिकाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी,शुद्दोधन सहकारी संजालका संयोजक लेखबहादुर खत्री ,शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी ,नेको इन्स्योरेन्स सौ फर्साटिकर शाखा प्रमुख अर्जुन थापा क्षेत्री , शेयर सदस्य ऋषिराम आले लगायतले मन्तव्य दिएका थिए ।
सहकारीका अध्यक्ष गोविन्द बहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न अधिवेशनले पुन : गोविन्द बहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति निर्वाचित गरेको छ। संस्थाको उपाध्यक्षमा नेत्र बहादुर थापा ,सचिव खिमबहादुर टण्डन , कोषाध्यक्ष होमबहादुर केसी र सदस्यहरुमा गोकर्ण थापा ,राधा पोखरेल ,टीका राना ,होमनाथ भण्डारी ,बेनिमाधव रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् ।त्यसै गरी लेखासमिती संयोजकमा दुर्गा देवि थापा क्षेत्री ,सदस्यहरुमा धनबहादुर क्षेत्री र कृष्ण बहादुर खनाल खत्री सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द बहादुर क्षेत्रीबाट वार्षिक प्रतिवेदन ,निवर्तमान कोषाध्यक्ष तोम प्रसाद शर्मा ( रामजीबाट ) आर्थिक प्रतिवेदन र निवर्तमान लेखा समिति संयोजक होमबहादुर केसीबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका निवर्तमान उपाध्यक्ष दुर्गा देवि थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचीव खिमबहादुर टण्डनले गरेका थिए ।