विकास आयोजना क्रमिक रुपले विकास हुने होः मुख्यमन्त्री पाण्डे

मेचीकाली संवाददाता

२२ कार्तिक २०८०, बुधबार
145 shares

मुक्ति न्यौपाने

वालिङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकासको आयोजना क्रमिक रुपले विकास हुने बताएका छन् । स्थानीयको आवश्यकता अनुसार तीन तहकै सरकारको सहकार्यमा आयोजनाको छनोट गरि योजना बनाइने उनले बताए ।

मङ्गलबार वालिङमा स्वास्थ्य संस्थाहरुको भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । गण्डकी प्रदेशले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको उनको भनाई थियो । दुरदराजमा रहेका नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर प्रदेश सरकार स्वास्थ्य सेवा विस्तारमा जुटेको उनले बताए । ‘आवश्यकताको आधारमा विषेशज्ञ सहितको अस्पताललाई प्रदेशले महत्व दिन्छ’, मुख्यमन्त्रि पाण्डेले भने, ‘नागरिकको सहज पहुँचमा स्वास्थ्य पुर्‍याउने उद्देश्य सरकारको रहेको बताउदै स्वास्थलाई प्राथमिकता दिएको छ । उपचारको अभावमा कोही पनि नागरिकको अकालमा मृत्यु नहोस भन्ने हेतुका साथ प्रदेशले विभिन्न जिल्लाहरुमा नागरिकलाई पायक पर्ने स्थानहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरी सोही अनुसारको जनशक्ति र उपकरणको व्यवस्था गर्नेछ ।’

गण्डकी प्रदेश हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्दै नागरिकको हित हुने कार्यमा सबैले सहकार्य र हातेमालो गर्नुपर्नेमा मुख्यमन्त्रि पाण्डेको जोड छ । नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको ग्यारेन्टीका लागि सरकार हरसम्ंभव लागिपरेको उनले बताए । प्रदेशका दुर्गम जिल्लाहरुमा आधारभूत आवश्यकताहरुको पनि सहज परिपूर्ति नभईरहेको अवस्थामा वर्तमान सरकारले प्रदेशका दुरदराजमा पनि नागरिकको जीवन सहज र सरल बनाउने प्रयास गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गराए ।

यो वर्षदेखि १० वर्ष मुनिका बालबालिकाहरुका लागि स्वास्थ्य परीक्षण निःशुल्क गराउने पनि उनले बताए । उनले भने यसका साथै दीर्घ रोगी र ज्येष्ठ नागरिकहरुका लागि निमोनियाको निःशुल्क उपचारको व्यवस्था गरेको बताए । वालिङ नगरपालिकाको वडा नं १२ को सिर्सेकोट दहपोखरीमा भौतिक रुपमा वडा नवनिर्मित वडा कार्यालय भवनको स्वास्थ्य चौकीको उ गरिएको छ । वालिङका अन्य १२ वटा स्वास्थ्य संस्थाको मुख्यमन्त्री पाण्डेले भर्चुवल मार्फत उदघाटन गरेकाहुन । वालिङको १२ सहित, १, २, ३, ५, १०, ११, १२, १३ र १४ मा गरी १२ वटा स्वास्थ्य चौकीको उदघाटन गरिएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य चौकी विहिन १२ सय वडामा स्वास्थ्य चौकी बनाउन बजेट विनियोजनसमेत गरिएको थियो । सोहि अनुसार एकैसाथ १२ सय स्वास्थ्य चौकी निर्माण गर्ने  सरकारले ल्याएको कार्यक्रम अन्तर्गत वडाहरुमा स्वास्थ्य चौकिहरु निर्माण भएका हुन् ।