श्रीमतीको नाममा अक्षयकोष स्थापना

मेचीकाली संवाददाता

२२ कार्तिक २०८०, बुधबार
173 shares

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्गला अमलडाडा निवासी टामबहादुर नेपालीले आफ्नी श्रीमतीको स्मृतिमा सामुदायिक विद्यालय जीवनोद्वार माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर दिवङ्गत जीवनसाथीको सधैं स्मरणको बाटो रोजेका नेपालीले अक्षयकोषको माध्यमबाट दिवङ्गत श्रीमतीको सधैं सम्झना भइरहने विश्वास छ । दिवङ्गत श्रीमतीको नाममा बुधबार जीवनोद्वार माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको जानकारी दिएका छन् । अक्षयकोषको रकमबाट छात्रावृत्ति वितरण गर्न कार्यविधि बनाइएको छ ।

त्यही कार्यविधिमा आधारित भएर विद्यार्थीलाई अक्षयकोषबाट आउने वार्षिक ब्याजबाट विद्यालयमा रहेका गरिब जेहेनदार, जनजाति दलित र उत्कृष्ट छात्र/छात्रा विद्यार्थीलाई सहयोग गर्ने योजना छ ।
शिवकला नेपाली अक्षयकोष नामक खातामा उक्त रकम राखिने छ । अक्षयकोषको संस्थापकमा श्रीमान् टानबहादुर नेपाली, संरक्षकमा छोरा सुभाब नेपाली रहने बताइएको छ । ‘श्रीमतीको सम्झनालाई जीवन्त राख्न मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उनकै सम्झनामा समर्पण गरिएको छ’, नेपालीले भने, ‘पढ्न नपाएकाले सजिलै पढ्न पाउन, सधैँ स्मरण गर्ने माध्यम बनोस् भन्दै अक्षयकोष स्थापना गरेको नेपालीले बताएका छन् ।’

अक्षयकोषको स्थापनाले विद्यालयमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुग्ने बताउँदै यस्ता किसिमका रचनात्मक र सामाजिक कामले सबैलाई फाइदा टेबा पुग्ने विद्यालयका प्रधानाध्यापक नमबहादुर सिह राना भाटले बताए । कार्यक्रममा विद्यालय व्यव्स्थापन समितिका अध्यक्ष तथा वडा नं.४ का अध्यक्ष ऋषब अधिकारीले शिक्षा क्षेत्रलाई सुधार गर्न अग्रसर गराउनको लागि सबैको सहयोग आबश्यक रहने हुँदा नेपालीले गरेको सकारात्मक रचनात्मक कामको सबैले अनुशर गरेर सबै अग्रसर हुनुपर्ने बताए नेपालीले बुधबार विद्यालयको प्राङ्गणमा विभिन्न सामाजिक व्यक्तित्वको उपस्थितिमा अक्षयकोषको स्थापना गरेका हुन् ।